Breaking

तमोर नदीले पार गर्‍यो खतराको तह


काठमाडौँ – तमोर नदीले धनकुटाको मूल घाटमा खतराको तह पार गरेको छ।

जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले नदीले खतराको तह पार गरेको बताएको हो । नदीले खतराको तह पार गरेपछि तल्लो तटीय क्षेत्रमा बासिन्दाहरूलाई सतर्क रहन भनिएको छ ।

बाढीपहिरोका कारण कोशी प्रदेश आक्रान्त बनेको छ। ताप्लेजुङ, पाँचथर, संखुवासभामा अहिलेसम्म २५ जना बेपत्ता भएको र एक जनाको शव फेला परेको प्रहरीले जानकारी दिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले खोज, उद्धार र राहतमा जुट्न निर्देशन दिएका छन् ।