Breaking

बाढीपहिरोमा बेपत्ता भएकाहरुको खोजी कार्यमा लाग्न प्रधानमन्त्री दाहालको निर्देशन


काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहालले देशका विभिन्न जिल्लामा गएको बाढीपहिरोका कारण भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै खोजी कार्यमा लाग्न निर्देशन दिनुभएको छ ।
प्रधानमन्त्री दाहालले सामाजिक सञ्जाल मार्फत पूर्वी नेपालमा शनिबार रातीको बाढीबाट ब्यापक क्षति भएको खबसँगै बेपत्ताहरूको खोजी, उद्धार एवं राहतमा सक्रियतापूर्वक लाग्न सुरक्षा निकाय र कर्मचारीहरूलाई निर्देशन दिनुभएको हो ।

उहाँले सर्वसाधारणलाई पनि आ–आफ्नो ठाउँबाट सहयोगका लागि अनुरोध गर्नुभएको छ । बाढी–पहिरोबाट संखुवासभा, ताप्लेजुङ, पाँचथर लगायतका जिल्लामा क्षति पुगेको विवरण आएको छ । ती जिल्लामा घर, पुल, सडक लगायतका संरचनामा पनि क्षति पुगेको प्रारम्भिक विवरण आएका छन् ।