Breaking

संखुवासभा बाढी अपडेट : १७ जना बेपत्ता, तीन जनाको उद्धार


काठमाडौँ – संखुवासभाको हेवा खोलामा आएको बाढीमा परेर १७ जना बेपत्ता भएका छन् ।

चैनपुर नगरपालिका(४ स्थित हेवा खोलामा निर्माणाधीन जलविद्युत आयोजनाका १७ जना कामदार बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

निर्माणाधीन सुपर हेवा हाइड्रोमा १९ जना कार्यरत रहेकोमा १६ जना बेपत्ता भएको र तीनको उद्धार गरिएको जनाएको छ । उद्धार गरिएका तीन जनालाई उपचारका लागि चैनपुर लगिएको छ ।

बाढीको क्षतीको थप विवरण आउन बाँकी छ । शनिबार राति नै हेवा खोलामै आएको बाढीले पाँचथरको फिदिममा पाँच जना बेपत्ता भएका छन् भने पुलहरू बगेका छन् ।