Breaking

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची


काठमाडौँ — आइतबार संघीय संसद्‌ भवन नयाँ बानेश्वरमा प्रतिनिधिसभाको बैठक बस्दैछ ।

बिहान ११ बजेदेखि सुरू हुने बैठकमा विनियोजन बजेटमाथि छलफल हुने सम्भावित कार्यसूची रहेको छ । बैठकमा विनियोजन विधेयक २०८० अन्तर्गत बजेट विभिन्न तीन मन्त्रालय शीर्षकको खर्च रकम घटाइ १ रूपैयाँ कायम गर्न प्रस्ताव गरिने छ ।

सम्भावित कार्यसूचीअनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय शीर्षकमाथिको खर्च कटौतीबारे प्रस्ताव पेश गरिने संघीय संसद्‌का महासचिव भरतराज गौतमले जानकारी दिए ।