Breaking

पाँचथरमा बाढीले बगाएर ५ जना बेपत्ता, ५ वटा पुल बगे


काठमाडौँ — पाँचथरमा बाढीमा परेर पाँच जना बेपत्ता भएका छन् ।

शनिबार राति आएको बाढीमा परेर पाँच जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । बाढीले ९ वटा घर बगाएको विवरण प्राप्त भएको प्रहरीको भनाइ छ ।

हेवा खोलामा आएको बाढीले पाँच जना बेपत्ता भएको प्रहरीले जनाएको छ । बाढीले ठूलो भौतिक क्षति भएको हुनसक्ने प्रहरीको अनुमान छ । तर, विवरण आउन बाँकी रहेको जनाएको छ ।

बाढीले जिल्लाका पाँच वटा पुल बगाएको छ । प्रहरीका अनुसार बाढीले फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिका जोड्ने हेवा खोलाको पुल, फालेलुङ गाउँपालिकाको लुमाङदिन र घुमाउनेमा २ वटा मोटरेबल र एउटा झोलुंगे पुल बगाएको छ ।