काठमाडौँ — शिक्षा र स्वास्थलाई प्राथमिकतामा राखेर आफै खटिएका बालेनले एकपछि अर्को महत्वकांक्षी कदम अघि बढाउँदै लगेका छन् । उनै बालेनले यसअघिनै शंखघोष गरेको काठमाडौंको यातायात व्यवस्थापनको काम आजदेखि कार्वान्यनमा आएको छ । नयाँ बसपार्कभित्रबाट लामो, मध्यम तथा छोटो दूरीका सवारी साधन सञ्चालन गर्ने निर्णय अनुसार आजदेखि जीप तथा माइक्रोबस नयाँ बसपार्कभित्रबाट सञ्चालन भएका हुन् । काठमाडौँ महानगरपालिकाका प्रमुख (मेयर) बालेन्द्र शाह (बालेन) आफ्नो निर्णय र अभिव्यक्तिका कारण चर्चाको केन्द्रमा छन् ।
बेथितिका विरुद्ध खरो रुपमा प्रस्तुत हुँदै महानगरलाई सुशासनको डोरीमा बाँध्ने संकल्प लिएकाबालेन थप बलशाली बन्दैछन् । सुरुवाती चरणमै व्यापारीक घरानाको मुकाममा डोजर चलाएरर चर्चामा आएका बालेनले यो बीचमा आफुलाई उचाँईमा पुर्याउने थुप्रै निर्णयहरु गरे । शिक्षा र स्वास्थलाई प्राथमिकतामा राखेर आफै खटिएका बालेनले यती बेला चितायो कि बितायो भन्ने छनक दिएकाछन् । सार्वजनिक संचार माध्यममा अभिव्यक्ति नदिने बालेन महानगरको निर्णय र निर्देशन सामाजिक सञ्जालबाटै अभिव्यक्त गर्छन् ।
उनै बालेनले यसअघिनै शंखघोष गरेको काठमाडौंको यातायात व्यवस्थापनको कार्य आजबाट कार्वान्यनमा आएको छ । महानगरलेउपत्यकाको सार्वजनिक सवारी साधनलाई व्यवस्थित बनाउन गत जेठ १९ गतेसूचना जारी गरी असार १ गतेदेखि नयाँ बसपार्कभित्रबाट लामो, मध्यम तथा छोटो दूरीका सवारी साधन सञ्चालन गर्ने निर्णय गरेको थियो । सोही निर्णयको कार्यान्वयन गर्दै आजदेखि जीप तथा माइक्रोबस नयाँ बसपार्कभित्रबाट सञ्चालन भएका हुन् ।
महानगरले आज बिहानैदेखि चक्रपथ क्षेत्रमा अव्यवस्थितरुपमा सञ्चालित टिकट काउण्टरहरु पनि हटाएको छ । अस्तव्यस्त यातायात क्षेत्रको सुधारमा पनि बालेनको एउटा एजेण्डा थियो जुन आज बाट कार्वान्वयनमा आएको छ । महानगरलेलामो तथा छोटो दुरीको साना तथा ठूला सवारी साधनलाई बसपार्क बाट संचालनमा ल्याएपछि अस्तव्यस्त हुने जामको समस्या समाधानमा टेवा पुग्ने अपेक्षा गरेको छ ।
यसअघि काठमाडौ भित्रको बल्खु, कलङ्की, बालाजु, माछापोखरी, गोङ्गबु, कोटेश्वरलगायत क्षेत्रमा काउण्टर राखेर सञ्चालन हुँदै आएका माइक्रोबस पनि आजदेखि नयाँ बसपार्कभित्रबाट सञ्चालन आएकाछन् । नयाँ बसपार्कमा ५६ वटा काउन्टर थप्दै सेवालाई थप सहज बनाउने प्रयत्न गरिएको छ । विहीबार मात्र काठमाडौं महानरपालिका र यातायात मजदुरबीच लामो तथा छोटो र मध्यमदुरीका सवारी साधन गोंगबुस्थित नयाँबसपार्कबाट छोड्ने सहमति भएको थियो ।
यही समहमतिको तेस्रो बुद्धामा उपयुक्तस्थानहरुमा व्यवस्थित टिकट बुकिङ कार्यालय स्थापनाको लागि विशेष कार्यदल गठन गर्ने सहमति भएको छ । महानगरको कदमलाई यातायात व्यवसायी महासंघले पनि पूर्ण रुपमा साथ दिएको छ । महानगरको निर्णय कार्यान्वयन भएसँगै दैनिकरुपमा उपत्यका बाहिर सञ्चालित करिब दुई हजार सार्वजनिक यातायात बसपार्कभित्रबाट सञ्चालन हुनेछन् ।नयाँ बसपार्कबाट पोखरा, नारायणगढ, डुम्रे, दमौली, लमजुङ, गोरखा, धादिङ, त्रिशूली बागलुङ, बेनी, स्याङ्जा वालिङ, बुटवल, भैरहवालगायत ठाउँका लागि ठूला सार्वजनिक सवारी साधनमात्र सञ्चालन हुँदै आएका थिए ।
काठमाडौँ उपत्यकाभित्र प्रवेश गर्ने सार्वजनिक सवारी साधनलाई व्यवस्थित गर्दै पार्किङका लागि काठमाण्डौं महानगरपालिकाले २०५६ सालमा ल्होत्से बहुउद्देश्यीय प्रालिसँग सम्झौता गरी नयाँबसपार्क सञ्चालनमा ल्याएको थियो । एक सय ६१ रोपनी क्षेत्रफलमा फैलिएको नयाँ बसपार्कमा आठ सयभन्दा बढी सार्वजनिक सवारी साधन राख्न मिल्ने क्षमता रहेको छ ।यध्यपी यातायात व्यवशायी महासंघले महानगरको कदमलाई समर्थन गर्दा यातायात्र क्षेत्रकै एउटा तप्का भने महानगरको निर्णय विरुद्ध अदालत सम्म पुगेको छ । काठमाडौंको मूख्य स्थानहरु कोटेश्वर, गौशला, चावहिल, कलंकी लगायतका क्षेत्रहरुमा अनधिकृत रुपमा काउण्टरहरु संचालित रहेको र महानगरको निर्णयसँगै केही समूह भने उठिबास लाग्ने डरले असन्तुष्ट छन् ।
प्रतिक्रिया