Breaking

कम्युनिष्टहरु एक हुँदा एमाले एक्लो, समाजवादी मोर्चाप्रति ओलीको कटाक्ष, मोर्चाबन्दी कांग्रेस तर्साउने प्रपञ्ज !


काठमाडौँ — सबै कम्युनिष्टहरु एकै सूत्रमा बाँधिदै गर्दा सदनको सबैभन्दा ठूलो कम्युनिष्ट पार्टी नेकपा एमाले भने एक्लिने अवस्थामा छ । मोर्चावन्दीको विषयमा औपचारिक प्रस्ताव प्राप्त नगरहेको एमालेलेस्वार्थका लागि र कांग्रेलाई तर्साउनमात्रै मोर्चाबन्दी गरेको आरोप लगाएको छ । वामपन्थीहरु एकै ठाउँमा उभिँदै समाजवादी मोर्चा बनाउने कसरत भइरहँदा नेकपा एमाले भने यो अभियानमा सामेल छैन ।

२०७४ को आम निर्वाचनपछि एकै सूत्रमा बाँधिएका कम्युनिष्टहरुको यात्रा गन्तव्यमा पुग्नु अगावै बीचैमा टुंगिएपछि एक पटक फेरि एमालेबाहेकका वामपन्थी शक्तिहरु मोर्चावन्दी गर्दै पुनः नेकपा ब्युँताउने कोसिसमा जुटेका छन् । झण्डै एक वर्ष अघि देखि समाजवादी मोर्चाबन्दीको भागदौडमा सक्रियताका साथ लागेका कम्युनिष्ट दलहरु एकै ठाउँमा उभिदा एमाले पनि धेरै समय एक्लै बस्न नसक्ने वामपन्थीको भविष्यवाणी छ ।

संसद् विघटनको आफ्नो कदमलाई सही ठहर्याउन सक्रिय एमाले अध्यक्ष केपी शर्मा ओलीले आत्म आलोचना गर्नु पर्ने नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको धारणा छ । तर,आफूले कुनै गल्ती नगरेको भन्दै आत्मरतीमा रमाईरहेका ओली मोर्चामा सामेल हुने विषयलाई वाहियात भनिरहेका छन् । एमालेले मोर्चाबन्दी देशहीतमा भन्दा पनि निश्चित स्वार्थमा हुन लागेको भन्दै कांग्रेस तर्साउने प्रपञ्चको रुपमा मोर्चाबन्दीको बखेडा झिकिएको बताईरहेको छ ।

चुनावमा सबै पार्टीले घेरावन्दी गर्दा पनि एक्लै चुनाव लडेर दोस्रो दल बनेको एमालेलाई मोर्चावन्दीले त्यति धेरै असर नगर्ने पार्टीको बुझाई छ । तत्कालिन नेकपा फुट्दा प्रचण्ड माधवलाई नै दोषी करार गरेका अध्यक्ष ओली कांग्रेसलाई तर्साउन समाजवादी मोर्चा गठनको चर्चा भइरहेको टिप्पणी गर्छन् । एमालेसँग मुकाबिला गर्न र कांग्रेसलाई तर्साउने मात्र मोर्चाको उद्देश्य भएको ओलीको बुझाई छ ।

एमालेले मधेशमा जसपा सरकारलाई समर्थन दिएर मोर्चाबन्दीविरुद्धआफ्नो पक्षमा माहोल बनाउन खोजेको देखिन्छ । जसमा एमाले केही हदसम्म भए पनि सफल लेखिन्छन् । एसले जसपा मोर्चावन्दीका लागि तयार भएको बताइरहँदा जसपा भने एमालेतिर पनि छलफलमा जुटेको छ ।

संसद् विघटन ठीक भएको पक्षमा ओली रहँदा माधव र प्रचण्ड भने त्यसको विरुद्धमा छन् । प्रचण्डले दुई महिना ओलीसँग मिलेर सरकार त चालए पछि फेरि गठबन्धन नै फेर्न बाध्य बने । यता माधवले पनि आत्मालोचना नगर्दा मुखैमा आएको राष्ट्रपति पद पनि गुमाउन पुगेका थिए । जताततै समाजवादी मोर्चाको हावा चलिरहँदा एक्लिएको एमालेले देखाएको कार्यशैलीले भने कम्युनिष्ट एकतामा भाँझो हाल्न खोजिरहेको बुझिन्छ ।