Breaking

सिंहदरबारका महालुटेराको सिको गर्दै कालिमाटी, भ्याटको नाममा कालाबजारीलाई पोस्दै सरकार


काठमाडौँ — देशमा अचाक्ली महंगी बढ्दा सर्वसाधारणको दैनिकी कष्टकर बन्न थालेको छ । भान्सामा दैनिक चाहिने दाल, चामल, नुन, तेललगायतका सबै खाद्यवस्तुको मूल्य बढेको छ । सरकार र व्यापारी मूल्यवृद्धिको फाइदा उठान व्यस्त छन् भने उपभोक्तालाई दैनिकी चलाउनै धौधौ परिरहेको छ । मूल्यवृद्धिका कारण निम्न र मध्यम वर्गीय परिवारको भान्सा चलाउन मुश्किल बन्दै गएको छ । देशमा बढ्दै गएको अचाक्ली मुल्यवृद्धिले गर्दा सहजै किन्न पाउने तरकारीको भाउँले पनि आकाश छोएको छ । आम नेपालीको घरमा अन्य तरकारीको अभावमा पाक्ने प्याज र आलू पाक्न गाह्रो हुने अवस्था सिर्जना भएको छ ।

उपभोक्ताले सहजै उपभोग गर्न सक्ने प्याज र आलूमा पनि सरकारले भ्याट लगाउँसँगै बचारमा भाउ ह्वात्तै बढेको छ । सरकारले बजेट भाषणमार्फत आलु र प्याजमा १३ प्रतिशत भ्याट लगाउने निर्णय गरेको थियो । लगत्तै व्यापारीले पुरानो आलु र प्याजको मूल्य पनि बढाएर बेच्न थाले । कालीमाटी तरकारी बजार विकास समितिको मूल्यसूची अनुसार १५ दिन अघि ४० रुपैयाँमा पाइने आलुको भाउ अहिले डबल भएको छ भने ३० रुपैया किलोमा पाईने प्याजको भाउ आकाशिएको छ ।

दैनिक प्रयोगका लागि चाहिने आलुमा दुईगुना तथा प्याजमा तीन गुना मूल्य बढ्दा महँगीले थलिएका उपभोक्ता झन् मारमा पारेका छन् । दैनिक उपभोग्य वस्तुमा भ्याट लगाउन आवश्यक नरहेको खुद्रा व्यापारी बताउँछन् । कालिमाटीका ठूला व्यापारीले कृतिम अभाव गरेको भन्दै सरकारले तुरुन्त अनुगमन गरेर बाहिर निकाल्न पनि साना व्यापारीको माग छ ।

कालोबजारी गरि कमाई खाने व्यापारीले गर्दा बजारमा भएको अस्वभाविक मूल्य वृद्धिको असर उपभोक्ताको भान्छामा परेको छ । यसमा सरकार बेखबर पनि छैन । सदनमा सत्तारुढ गठबन्धन दलकै सांसदले महंगी बढेकोतर्फ सरकारको ध्यानाकर्षण गराउँदै आएका छन् । आजभन्दा एक वर्षअघि नेकपा एमालेका उपसविच तथा पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मुल्यवृद्धिका कारण आफ्नो घरमा दुई छाक तरकारी पाक्न छोडेको अभिव्यक्ति दिएका थिए । तर, मुल्यवृद्धिले सबैको ढाड सेकिदा पनि उनीहरु कानमा तेल हालेर बसेका छन् । सरकार र व्यापारी कसरी हुन्छ फाइदा लुट्नमै व्यस्त छन् ।

मुलुकमा मौलाएको कुशासन, भ्रष्टाचार र महँगीको सवैभन्दा बढी मार उपभोक्तालाई परेको छ । बजारमूल्यमा हस्तक्षेप तथा नियन्त्रण गर्न सरकारले हरेक वर्ष बजेट विनियोजन गरे पनि महंगी नियन्त्रणमा आउन सकेको छैन । यसको सट्टा बजारमूल्य वर्षेनी बढेको बढ्यै छ । तरकारीमा लगायत खाद्यन्नमा भएको चर्को मूल्यवृद्धि आम उपभोक्ताका लागि टाउको दुखाई बनिरहेको छ । दिनदिनैको मूल्य वृद्धिले उपभोक्तामा निराशा बढाएको छ ।