Breaking

वानएक्स बेटमा कलाकार बल्छी ध्रुवेसहित ८ जना पक्राउ


काठमाडौँ – वान एक्स बेटमा सट्टेबाजी गर्ने र त्यसको विज्ञापन गरेको आरोपमा काठमाडौँ प्रहरीले आठ जनालाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अनुसन्धान कार्यालयले कलाकार बल्छी ध्रुबेसहित आठ जनालाई पक्राउ गरेको हो ।

अपराध अनुसन्धान कार्यालय स्रोतले दिएको जानकारीअनुसार वानएक्स बेटमा सट्टेबाजी खेलाएको र त्यसको विज्ञापन पनि गरेको आरोपमा आठ जनालाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुको नाम गोप्य राखिएको प्रहरीले जनाएको छ ।

यसअघि प्रहरीले बुधबार पनि पाँच जनालाई पक्राउ गरी सार्वजनिक गरेको थियो ।