Breaking

सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक सुरू


काठमाडौँ — मन्त्रिपरिषद्को बैठक सुरू भएको छ । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको हो ।

आजको बैठकले मुख्यसचिव परिवर्तन तथा राजदूत नियुक्तिबारे निर्णय गर्ने स्रोतले जनाएको छ ।

स्रोतका अनुसार वर्तमान मुख्य सचिव शंकरदास वैरागीलाई राजदूत बनाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत डा. वैकुण्ठ अर्याललाई मुख्यसचिव बनाउने तयारी सरकारले गरेको छ ।

उक्त तयारीमा कुनै फेरबदल नआए अर्याल मुख्यसचिव र वैरागी राजदूत बन्ने ‘कन्फर्म’ भएको स्रोतको दाबी छ ।