काठमाडौँ – नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन शुक्रबार नेपाल आउने भएका छन् ।
लामो समयदेखि चीनमा उपचार गराइ रहेका नेता पुन स्वास्थ्यमा पूर्ण सुधार भएपछि नेपाल फर्कन लागेका हुन् । उनी पत्नी तथा पूर्वसभामुख ओनसरी घर्तीसहित असार १ गते शुक्रबार बिहान ११ बजे काठमाडौंस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने उनको सचिवालयले जानकारी दिएको छ ।
पूर्व अर्थ तथा ऊर्जामन्त्रीसमेत रहेका नेता पुन जटिल प्रकारको वंशाणुगत जन्डिस बल्झिएपछि उपचारका लागि गत १ फागुनमा चीन गएका थिए । उनको चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालमा उपचार गरिएको हो ।
उनको शरीरमा जन्डिसको मात्रा ९बिलरुबिन० ४० बाट घटेर १।५ बिन्दुमा झरेको छ । सामान्य मानिसमा बिलरुबिनको मात्रा १।५ देखि ८ बिन्दुसम्म हुने चिकित्सकहरू बताउँछन् । यसअघि नेता पुनको शरीरमा कम्तीमा बिलरुबिनको मात्रा ११ देखि १२ सम्म हुँदा समेत सामान्य मानिने गरिएको थियो ।
प्रतिक्रिया