Breaking

टिपरको ठक्करबाट मोटरसाइकलमा सवार एकजनाको मृत्यु


काठमाडौँ – काठमाडौँको जडीबुटीमा टिपरको ठक्करबाट मोटरसाइकलमा सवार एकजनाको मृत्यु भएको छ । एकजना घाइते छन् ।

मोटरसाइकलमा पछाडि सवार काठमाडौंकै कोटेश्वरमा बस्दै आएका दोलखाको शैलुङ गाउँपालिका-२ का अन्दाजी ३० वर्षीय झनक थापामगरको मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घाइते भएका मोटरसाइकल चालक काठमाडौंको मालीगाउँमा बस्दै आएका ४० वर्षीय कुमार थापामगरको नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार गए राति करिब ९ बजे बा५ख ३४३७ नम्बरको टिपरले वाग्मती प्रदेश-०२-०२६ प २१२१ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिएको थियो । ती दुवै सवारीसाधन र टिपरचालक प्रहरी वृत्त नयाँ बानेश्वरको नियन्त्रणमा छन् ।