काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेललाई अचानक मुटुमा समस्या देखिएपछि उनलाई सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारीमा लगिएको छ । उनमा हृदयघात भएको पाइएपछि मुटुको बन्द धमनी खोलिएको अस्पताल स्रोतले जानकारी दिएको छ । मुटुमा समस्या भएपछि राष्ट्रपतिज्यू बिहान ७ बजे अस्पताल आउनुभएको थियो ।
हर्टअट्याक भएको थाहा भएपछि एन्जिओप्लाष्टि गरेर मुटुको बन्द धमनी खुलाइएको छ’, अस्पताल स्रोतले भन्यो, उहाँ अहिले भिआईपी क्याबिन चिकित्सकको निगरानीमा हुनुहुन्छ । यस विषयमा राष्ट्रपतिको कार्यालय, सचिवालय र अस्पतालले भने आधिकारिक सूचना दिएको छैन ।
प्रतिक्रिया