Breaking

नागरिकता विधेयकविरूद्धको रिट रेग्मी र फुयालको इजलासमा


काठमाडौँ – नागरिकता विधेयक प्रमाणीकरणविरूद्धको रिट न्यायाधीशद्वय कुमार रेग्मी र हरिप्रसाद फुयालको इजलासमा परेको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयकविरूद्ध परेको रिट मंगलबार रेग्मी र फुयालको इजलासमा परेको हो ।

यसअघि सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाशमान सिंह रायत र सुष्मालता माथेमाको संयुक्त इजलासले प्रमाणीकरण भएको विधेयकको प्रतिलिपि राष्ट्रपति कार्यालयबाट झिकाउन आदेश दिएको थियो । साथै ‍प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारले गरेको प्रमाणीकरण गराउन अनुरोध गर्ने जेठ १२ गतेको निर्णय पनि झिकाउन आदेश दिएको थियो ।

यस विषयमा छलफल गर्न दुबै पक्षलाई मंगलबार बोलाएको थियो। आज दुबै पक्षले यस विषयमाथि बहस गर्नेछन् । वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले उक्त प्रमाणीकरणविरूद्ध सर्वोच्चमा रिट निवेदन दिएका थिए ।