Breaking

कुर्दिस्थानमा एक नेपालीको डुबेर मृत्यु


काठमाडौँ – इराकको स्वशासित राज्य कुर्दिस्थानमा डुबेर एक नेपाली युवाको मृत्यु भएको छ ।

कुर्दिस्थानको कवात जिल्लाको ‘ग्रेट रिभर’ मा एक नेपाली कामदारको डुबेर शनिबार मृत्यु भएको कुर्दिस्तान टेलिभिजनले जनाएको छ ।

माछा मार्ने क्रममा ग्रेट रिभरमा खस्दा ३३ वर्षीय नेत्रबहादुर राईको डुबेर मृत्यु भएको हो । कवात सिभिल डिफेन्सका कर्णेल अमन्ज मोहम्मदले यसको पुष्टि गरेका छन् । सिभिल डिफेन्सको टोलीले राईको शव पानीबाट निकालेको मोहम्मदले बताए ।