Breaking

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्षबीच भेटवार्ता


काठमाडौँ – चीनको औपचारिक भ्रमणमा रहेका राष्ट्रिय सभाका गणेशप्रसाद तिमिल्सिना र चीनका राष्ट्रिय जनकंग्रेसको स्थायी समितिका अध्यक्ष चाओ लिजीबीच भेटवार्ता भएको छ ।

अध्यक्ष तिमिल्सिना र जनकंग्रेसको स्थायी समितिका अध्यक्ष लिजीबिच ग्रेट हल अफ पिपुल्स बेइजिङमा सोमबार साँझ भेटवार्ता भएको हो । भेटमा अध्यक्ष तिमिल्सिनाले संस्कृति र परम्पराहरूले बलियोरुपमा जोडेको नेपाल र चीनबीच सदियौँ देखि सौहार्दपूर्ण एवं अति घनिष्ठ सम्बन्ध रहिआएको चर्चा गर्दै आगामी वर्षहरूमा नेपाल र चीनबीचको सम्बन्ध थप प्रगाढ बन्दै जाने कुरामा विश्वस्त रहेको बताए ।

चीन नेपालका पर्यटक स्रोत मुलुकहरूमध्ये दोस्रो मुलुकमा पर्ने भएकाले नेपालको विकासका लागि पर्यटनको भूमिकालाई मध्यनजर गर्दै नेपाललाई चीनले हालै आउट ब्याण्ड टुरिष्ट ग्रुपमा राखेकोमा खुसी पनि व्यक्त गरे ।

चिनिया ऋण सहयोगमा बनेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटनले नेपालको पर्यटन बजारमा महत्त्वपूर्ण योगदान पु¥याउनेमा विश्वस्त रहेको बताउँदै अध्यक्ष तिमिल्सिनाले चीनका विभिन्न सहरबाट सोझो उडान हुने विश्वास व्यक्त गरे ।

नेपाल चीनबीच केरुङररसुवागढी, हिल्सारपुराङ र तातोपानीरझाङमु नाकाहरू मार्फत दुईतर्फी व्यापार सुचारु भएको उल्लेख गर्दै आगामी दिनमा मुस्ताङको कोरल्ला लगायतका नाकाहरू सञ्चालन हुने विश्वास पनि व्यक्त गरे । नेपालबाट तरकारी, मासुजन्य उत्पादन, चिया र जडीबुटी जस्ता उत्पादनहरूलाई चीनको भन्सारको सामान्य प्रशासनमा सूचीकृत गर्न सहयोगको लागि अनुरोध पनि गरे ।

भेटमा चीनको राष्ट्रिय जन कंग्रेस स्थायी समितिका अध्यक्ष चाओ लिजीले भ्रमणका क्रममा नेपाली पक्षले उठाएका विषयलाई चीनले गम्भीरतापूर्वक लिने र कार्यान्वयन गर्दै जाने आश्वासन दिए । उनले चीनको छेन्दुबाट पोखरा उडानका लागि चीन तयारी अवस्थामा रहेको जानकारी दिएका थिए ।

अध्यक्ष तिमिल्सिना ९ सदस्यी नेपाली संसदीय प्रतिनिधिमण्डलको नेतृत्व गरेर चीन भ्रमणमा रहेका छन् ।