Breaking

किन फेरिए प्रचण्ड ? कम्युनिष्टदेखि गेरुवस्त्रसम्मः बाध्यता कि स्वभाविक ? मोदी र पशुपतीले बचाउला सत्ता ?


काठमाडौँ — दशबर्षे शसस्त्र युद्धको नेतृत्वबाट शान्तीपूर्ण राजनीति हुँदै अहिलेसम्मको यात्रामा पुष्पकमल दाहाल प्रचण्डको परिवर्तन रोचक देखिदै आएको छ । पार्टी नै रिव्रान्डिडको विषय उठिरहेका वेला त्यसको नेतृत्वमै आएको यो परिवर्तनलाई पार्टीको भविष्यसंग समेत जोडेर हेर्ने गरिएको छ । जहाँ दौरा सुरुवालबाट गेरुवस्त्रसम्म आईपुगेका उनको यो कदम कति रणनितिक बन्न सक्ला त ? प्रधानमन्त्री नियुक्त भएको पाँच महिनापछि १७ जेठमा नयाँ दिल्ली पुगेका पुष्पकमल दाहाल प्रचण्ड१८ गते मध्य प्रदेशको उज्जैन पुगे ।

त्यहा पुगेर महाकालेश्वर मन्दिरमा पूजाअर्चना गरेका उनको त्यहाँ लगाएको गेरु बस्त्र चर्चाको केन्द्र बन्यो ।विपक्षी दलले मात्रै नभएर स्वयं माओवादी केन्द्रकै नेता–कार्यकर्ताले प्रचण्डको आलोचना गर्दा पूर्वप्रधानमन्त्री एवं प्रचण्डका पुराना सहयोद्धा बाबुराम भट्टराईले व्यङ्गात्मक कार्टुन समेत शेयर गरेर असहमती जनाए । राप्रपाका नेताहरुले परिर्वतन सकारात्मक रुपमा लिनुपर्ने भन्दै प्रचण्डको आवरणलाई व्यङग्यात्मक प्रशंशा गर्दा उनी प्रष्टोक्ति दिन बाध्य बने ।

धर्म निरपेक्षतालाई एजेण्डा बनाएर गरेको शशस्त्र विद्रोह र धार्मिक कार्यमाथि माओवादीले गरेको अत्याचार विरुद्ध कतिपयले प्रचण्डको यो रुपलाई उनको विचारको पतन भनेका छन् तर त्यसो नगरे भारतका करोडौ जनताको मनमा चिसो पस्ने उनको तर्क थियो ।हुन त यो विषय यति उछालियो कि उनले नेपालको पशुपती कहिले दर्शन गर्छन भन्ने समेत प्रश्न उठे । यसैको परिणाम उनले शनीवारमात्रै पशुपतीनाथको दर्शन गरेका छन ।

हुन त शान्तीपूर्ण राजनीतिमा आएपछि उनी सुरुवाती दिनहरुमा रापतापमा देखिएका थिए । तर उनको रापताप सेलाउँदै गएपछि नरम बन्दै गएका छन ।सुनसरीको चतराधाममा आयोजित एक यज्ञमा भैंसी पूजा गर्नसमेत भ्याएका उनले तेश्रो कार्यकाल नै दौरा सुरुवालबाट सुरु गरेका हुन । पछिल्ला दिनहरुमा समेत उनलाई फेरिएको पोशाकलाई लिएर सदनमै समेत व्यङ्ग गर्न विपक्षी सांसदहरु लागि परेका छन ।

हुन त माओवादीले आफ्ना एजेण्डाहरु स्थापित भएको दावी गर्दै गर्दा ती सवैमाथि प्रश्न उठ्न थालेका छन । माओवादको अध्याय सकिएको भन्दै डा.बाबुराम भट्टराईले प्रचण्डको साथ छाडेको पनि ८ वर्ष भयो । भट्टराई राजनीति अस्तित्वमै देखिन छाडेको छ । यस अवधीमा प्रचण्डले विचारधारा लाद्ने भन्दा पार्टीको अस्तित्व जोगाउन भ्याएसम्मको हत्कण्डा अपनाउन सक्रिय छन् ।राजनीतिक विश्लेषक गेजा शर्मा वाग्ले भने यसलाई ठुलो रुपान्तरणको रुपमा लिन्छन ।

त्यसो त पछिल्लो समय प्रचण्ड भिड्ने भन्दा सम्झौता गर्ने बाटोमै छन । जसलाई उनको सत्ता सहजताको रणनितिका रुपमा विश्लेषण गरिदा गर्ने र भन्ने एउटा हुनुलाई उनका पाखण्डको संज्ञा दिनेहरु पनि छन । तात्कालिन र दीर्घकालिन राजनीतिक एजेण्डालाई लत्याउँदै प्रजातान्त्रिक दलहरुकै सिको गरिरहेको माओवादीले आफूलाई असली कम्युनिष्ट भन्न चाहीँ छाडेका छैनन् । त्यसैले ढुलमुले राजनीतिक यात्रा तय गर्नुभन्दा प्रचण्ड राजनीति स्पष्ट राजनीतिक बाटो निर्माणमा लाग्न जरुरी छ ।