Breaking

रूसले कब्जा गरेका तीन गाउँ फिर्ता ल्याएको युक्रेनी दाबी


काठमाडौँ – युक्रेनले दक्षिण पूर्वमा रहेका तीन गाउँलाई रूसको कब्जाबाट मुक्त गरेको दाबी गरेको छ ।

रूसले कब्जा गरेको भूमि फिर्ता ल्याउन युक्रेनले सुरू गरेको काउन्टर अफेन्सिभ (प्रत्याक्रमण) को यो पहिलो जित मानिएको छ ।

सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा युक्रेनी सेनाले दोनेट्स्क क्षेत्रको ब्लाहोदात्ने र नेस्कुच्ने छिमेकी बस्तीमा जित मनाइरहेको देखिएको छ ।

किभका उपरक्षामन्त्रीले मकारिभका गाउँलाई पनि फिर्ता ल्याइएको बताएका छन् ।

शनिबार युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले प्रत्याक्रमण सुरू भएको बताएका थिए । मस्कोले भने यसबारेमा कुनै प्रतिक्रिया जनाएको छैन । रूसी सेनाले युक्रेनी सेनालाई पछाडि धकेल्ने टिप्पणी मात्र गरेको छ । बीबीसीबाट ।