Breaking

ट्यांकरबाट पानी वितरण


काठमाडौँ – जलेश्वर नगरपालिकाले नगर क्षेत्रभित्रका पानीका स्रोत कम भएपछि ट्यांकरबाट पानी वितरण गर्न थालेको छ । पछिल्लो समय यहाँका धारा, चापाकल र अरू स्रोतबाट पानी आउन छाडेको छ ।

जलेश्वर नगरपालिकाका प्रमुख सुरेश साह सोनारले नगरका विभिन्न वडामा ट्यांकरबाट पानी वितरण भइरहेको जानकारी दिए ।
१२ वडा रहेको जलेश्वर नगर क्षेत्रभित्र १२ हजार ३८० घरधुरी रहेकामा प्रायः घरधुरीमा जडित धारा र चापाकल सुकेर पानी आउन बन्द भएको जनाइएको छ ।
मधेस प्रदेशका भू तथा वातावरणविज्ञ बेचन महतोले नगर क्षेत्रभित्रको जलस्तर कम हुँदा पानीका स्रोत सुकेको बताए ।

जलेश्वरमा यसअघि कहिले पनि पानीको अभाव नभएको बताइएको छ । जिल्लाको उत्तरी क्षेत्रमा अवस्थित बर्दिबास , गौशाला, भंगाहा, औरही, बलवा, रामगोपालपुर नगरपालिका र सम्सी गाउँपालिकाका समेत पानीको समस्या भएको बताइएको छ ।

महोत्तरीका प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीले खानेपानीको अभाव हुन नदिन काम भइरहेको बताए ।्