समाचार

वीरगञ्जबाट १०२ राउन्ड गोली बरामद


काठमाडौँ – वीरगंज महानगरपालिका-१०स्थितबाट विभिन्न हतियारमा प्रयोग हुने १०२ राउन्ड गोली बरामद भएको छ ।

वीरगञ्ज महानगरपालिकाको डोजरले बाटोको नाला सफा गर्ने क्रममा शंकास्पद रुपमा प्लास्टिकको झोला भेटिएको सूचनापछि प्रहरी चौकी आदर्शनगरबाट खटिएको प्रहरीले झोला जाँच गर्ने क्रममा उक्त परिमाणको गोली फेला पारेको हो ।

प्रहरीका अनुसार उक्त झोलामा हर्नेटमा प्रयोग हुने १७ राउन्ड, एसएलआरमा प्रयोग हुने ४ राउन्ड, ९ एमएमको ३२ राउन्ड, ३८ बोरको २४ राउन्ड, ४५ एमएमको ४ राउन्ड, फेडेरल म्यागनममा प्रयोग हुने ८ राउन्ड, विनचेस्टरमा प्रयोग हुने ५ राउन्ड, ५४ एमएमको ३ राउन्ड, ७ एमएमको १ राउन्ड र बिग्रेको खोका ४ राउन्ड गोली बरामद भएको हो ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले विज्ञप्तिमार्फत् जनाएको छ ।