Breaking

थाल कचौरा र घण्टी बोकेर शिक्षक माइतीघरमा, ८ हजार तलबले सरकारी शिक्षक कसरी पालिने ? (भिडियोसहित)


काठमाडौँ – पेसागत सुरक्षा र वृद्धि विकासको माग राख्दै शिक्षक तथा कर्मचारीहरुको आन्दोलन काठमाडोँस्थित माइतीघर मण्डलामा जारी छ । थाल चम्चा र स्कुलको घण्टी नै बोकेर आन्दोलनमा उत्रिएका शिक्षक तथा कर्मचारीले आफूहरुमाथि श्रम शोषण भइरहको बताएका छन् ।

पेसागत सुरक्षा र वृत्तिविकास लगायतका विभिन्न माग राखेर देशभरका प्रतिनिधिमुलक शिक्षक तथा विद्यालय कर्मचारीहरु माईतीघर मण्डलामा आन्दोलनमा छन् । चर्काे तापक्रमका कारण अधिकांश विद्यालयहरु बन्द छन् । यही मौकामा शिक्षकहरु आधारभूत तहका शिक्षक तथा कार्यलय सहयगीहरु आफ्नो तलव र सेववा सुविधा वृद्धि गरिदिन भन्दै सरकारको ध्याकर्षण गराउन काठमाडौँ आइपुगेका हुन् ।

माइतीघर मण्डलामा हातमुख जोड्न धौ धौ भयो भन्दै थाल र चम्चा लिएर विरोध जनाइरहेका छन् । कार्यालय सहयोगीहरुले विद्यालयमा प्रयोग हुने घण्टी नै बोकेर माइतीघरमा आइपुगेको छन् आफुहरुले मासिक ८ हजार मात्र तलव पाएको र महङगी बढेपनि सेवा सुविधा नबढेको उनीहरुको दुखेसो छ । सरकारले सौतेनी व्यवहार देखाएको भन्दै रुष्ट भएका उनीहरु तातो घाममा घण्टी बजाएर सरकारलाई झकझकाइरहेका छन् ।

यतिबेला मण्डला थाल र स्कुलको घण्टीले गुन्जायमान छ । न्युनतम पारिश्रमिकको माग राख्दै विद्यालयका कर्मचारी र शिक्षक केहीसमय देखि आन्दोलनमा छन । हरेक वर्ष बजेट र्छैन भनेर पन्छिने संघीय सरकारले यस पटकको बजेटमा समेत कुनै सम्बोधन नगरिएकाले आफूहरु झक्झक्याउन काठमाडौँ आइपुगेको बताएका छन् । अहिले संसदमा बजेट वक्तव्यमाथि छलफल भइरहेको छ । यही मौकामा आफूहरुको माग पनि बजेटमा संसोधन सहित राखियोस भन्ने उनीहरुको चाहना छ ।

सरकारले बेवास्ता गरेपछि आफुले पाउने सेवा सुविधा पाइन्छ कि भन्ने आशमा प्रचण्ड घाममा सेकिएर भएपनि कर्मचारीहरु माइतीघरको सडकमा आएका छन् । घाम छल्नलाई कतिले छाता ओढेर घाम छल्दै नारा लगाइरहेका छन् । कतिले दिनभर घरमा नानीबाबु एक्लै हुनेभएपछि आफुसँगै लिएर धर्नामा उपस्थित भएका छन् ।

सरकारले निती तथा कार्याक्रममा शिक्षक बारेमा फुलबुट्टा भरेको योजना सुनाएपनि बजेटमा चै हेपाहा प्रवृत्ति देखाएको उनीहरुको बुझाई छ । जायज माग भएकाहरुलाई पनि सरकारले प्राथमिकता दिएन् । हामी पनि आन्दोलन रहरले गरेका हैनौ । आन्दोलन, धर्ना गर्नेलाई सरकारले जर्वजस्ती बाध्य पारेको कर्मचारीहरुको भनाई छ ।
आफ्नो माग पुरा नभएसम्मा धर्ना जारी रहने कर्मचारीहरु बताउँछन् । वर्षेपिच्छे सरकारको झुक्यानमा परि दुख पाएको उनीहरुको गुनासो छ । देशमा आर्थिक संकट र महंगी चुलिएको अवस्थामा आधारभूत तहका कतिपय शिक्षकहरु अझै ८ हजार रुप्रयाँ मासिक तलवमा शिक्षण गर्न विवश छन् । सरकार यस तर्फ सचेत रहन जरुरी छ ।