Breaking

कालीगण्डकी नदीमा डुबेर २ जना बेपत्ता


काठमाडौँ – नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैंडाकोट नगरपालिका-३ कालीगण्डकी नदीमा डुबेर दुई जना बेपत्ता भएका छन् ।

गैंडाकोट नगरपालिका–३ हर्दी केलादीस्थित कालीगण्डकी नदीमा नुहाउन गएका दुई जना डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।
नदीमा डुबेर गैंडाकोट नगरपालिका-२ शिलान्यास चोक बस्ने २५ वर्षका रमेश चालिसे र चितवनको रत्ननगर नगरपालिका–२ टाँडी बस्ने २४ वर्षका सुरज सुवेदी रहेका छन् ।

गर्मी छल्न भन्दै नदीमा नुहाउन जाँदा अप्रिय घटना बढ्न थालेका छन् ।

बेपत्ता भएका दुवै जनाको खोजीका लागि इलाका प्रहरी कार्यालय गैँडाकोट र सशस्त्र प्रहरी बलको टोली परिचालन गरिएको र हालसम्म अवस्था पत्ता लाग्न नसकेको प्रहरीले जनाएको छ ।