Breaking

धरहराको फेदमा जमिनमुनी तीन तले सवारी पार्किङ, यसरी हुँदैछ धमाधम निर्माणको काम


काठमाडौँ — धरहराको निर्माण कार्य अझै पूरा भएको छैन । निर्माणधिन धरहराको जमिन मुनी तीन तल्लाको सवारी पार्किङ स्थल निर्माणको अन्तिम चरणमा छ । नेपालकै पहिलो जमिन मुनी विशाल पार्किङस्थल निर्माण भइरहेको छ । जुन संचालनमा आएपछि सुनधारा, न्यरोड आसपासको सवारी व्यवस्थापनमा ठूलो राहत मिल्ने देखिन्छ । दुई वर्ष अघि नै धरहराको उद्घाटन भएपनि निर्माण कार्य भने अझै जारी छ । यही धरहराको फेदमा जमिन मुनी तीन तले सवारी पार्किङ स्थल पनि बनिरहेको छ । भूमिगत पार्किङ त्यो पनि विशाल संरचनासहितको सुविधा नेपालका लागि पहिलो अनुभव हुनेछ ।

अहिले पार्किङ खुला गराउन अन्तिम चरणका कामहरु भइरहेको छ । जमुनि मुनी नै तिन तले पार्किङ हुने भएकाले वाताअनुकलित सिस्टमका लागि कामदारहरु पूर्वाधार तयारीमा व्यस्त छन् ।जमिन मुनि रहेको तीनतले पार्किङमा अक्सिजनको मात्रा अपुग नहोस् भन्नका लागि बाहरीर बाट अक्सिजनको लेभव पुग्ने गरी भित्र हावा पठाईने व्यवस्था छ । धराहराको फेदमा निर्माण भइरहेको विशाल पार्किङस्थलका बारे जोकोहीलाई जानकारी नहुन पनि सक्छ ।

यो पार्किङ संचालनमा आएपछि एक हजा थान साना चा पांग्रे गाडी र ६ हजार थान मोटसाइकलमोटरसाईकल राख्न मिल्ने अनुमान गरिएको छ ।यतिका प्रविधी प्रयोग गरेर बनाईएको यो संरचना प्रयोगमा आएपछि सुनधारा, न्युरोड, रत्नपार्क देखि टेकुसम्मका सर्वसाधारणलाई पार्किङका लागि सहज हुने देखिन्छ । जसले खुलेयाम सडक पेटीमै पार्किङ गर्नु पर्नेविवशता टर्ने निश्चित छ । निर्माण कम्पनिले आउँदो सोजमा अर्थात दशैँ अगाडी पार्किङ संचालनमा ल्याउने लक्ष्य स्वरुप धमाधम काम अघि बढाएका छन् । धरहरा भित्र बन्नु पर्न धेरै संरचना बाँकी छ । विडम्वना धरहराको निमार्ण कार्य सम्पन्न नभै पार्किङ संचालनमा आउने अवस्था छैन । तथापी बेसमेण्टको काम भने तिव्र गतिमा अगाडी बढेको छ ।

लामो समय देखि कन्स्ट्रक्सन क्षेत्रमा काम गर्दै आएकाकामदारहरु मजबुतीको हिसावले यो कामलाई अहिले सम्मकै गुणस्तर भएको दाबी गर्छन् । असोज सम्ममा बेसमेट तयार गर्नु पर्ने सम्झौता छ । तर अन्य संचरतना पूर्ण रुपमा तयार नहुन्जेल बेसमेट मात्रै तयार भएर पनि पार्किङ संचालनमा आउदैन । अहिले निर्माण भइरहेको गतिलाई धेरैले प्रशँसा नै गरेका छन् । यो बेसमेण्ट पार्किङ सञ्चालनमा आएपछि धेरै सर्वसाधारणले सुविधा पाउँने छन् । यि सवै सरँचना काठमाडौँ महानगरपालिकाको २२ नम्बर वडाभित्र बन्दै छ । ठुलो राष्ट्रिय गौरवको आयोजना आफनै वडाभित्र बनेपछि वडाध्यक्ष चिनीकाजी मर्हजन पनि खुसी भएका छन् । न्युरोडमा क्षेत्रमा देखिएको पाकिङको समस्या अब समधान हुने उनको विश्वास छ ।

तीन तले बेसमेण्ट पार्किङ सञ्चालन भएमा मेयर बालेन शाहले काठमाडौको जाम कम हुने देखेपछि यो कार्यलाई झनै तिव्र दिएका छन् । धरहरालाई सेतो टावर भनेपनि उनी बेसमेण्ट संचालन हुनु पर्ने पक्षमा भने सुरुका दिन देखिनै सकारात्मक छ्न ।त्यही भएर पनि ढिलासुस्ती भएर रोकिरहेको पुरानो बसपार्कको बेसमेण्ट निमार्ण कार्यलाई तदारुकताको साथ अघि बढाउँन निर्देशन दिएका छन् ।