खेलकुद

च्याम्पियन्स लिगः उपाधिका लागि म्यानचेस्टर सिटी र इन्टर मिलान प्रतिस्पर्धा गर्दै


काठमाडौँ — च्याम्पियन्स लिग फुटबलको उपाधिका लागि आज शनिबार इंग्लिस क्लब म्यानचेस्टर सिटी र इटालियन क्लब इन्टर मिलानले प्रतिस्पर्धा गर्दै छन् । टर्कीको स्तानबुलस्थित एट्रूक ओलम्पिक स्टेडियममा हुने दुई टोलीबीचको खेल राती १२ः४५ बाट सुरु हुनेछ । च्यिाम्पियन्स लिग फुटबलको उपाधि इंग्लिस क्लब म्यानचेस्टर सिटी र इटालियन क्लब इन्टर मिलानमध्ये कसले बाजी मार्ला ? भन्ने चासो विश्वभर छ । यि दुई टीमबीचको खेल शनिबार राति १२ बजेर ४५ मिनेट जाँदा टर्कीको स्तानबुलस्थित एट्रूक ओलम्पिक स्टेडियममा हुँदैछ ।

शनिबार रातिको खेलमा जित निकाल्दै चौंथो च्याम्पियन्स लिग उपाधि चुम्ने योजनामा इन्टर हुनेछ । यसअघि इन्टरले तीन पटक उपाधि जितिसकेको छ । इन्टरले अन्तिम पटक सन् २०१० मा च्याम्पियन्स लिगको उपाधि जितेको थियो । यता प्रिमियर लिग र एफए कप च्याम्पियन सिटी च्याम्पियन्स लिग जित्दै ट्रेबल उपाधि जित्ने योजनामा छ ।

सिटीका मुख्य प्रशिक्षक पेप ग्वार्डिओला सन् २०११ मा बार्सिलोनासँग उपाधि जितेपछि पहिलोपटक युरोपियन उपाधि जित्ने आशमा छन् । बार्सिलोनसँग त्योभन्दा दुई वर्षअघि उनले ट्रेबल जितेका थिए । उनको अहिलेको सिटीको टोली सन् २००८–०९ सिजनको बार्सिलोनाभन्दा सशक्त देखिएको छ । पेप ग्वार्डिओला भन्छन्, ‘मसँग पहिले लियोनेल मेस्सी थिए ।

अहिले मेरो साथमा अर्लिङ हालान्ड छन् । मेरो सफलता यही नै हो । मैले ठट्टा गरेको छैन । यही नै सत्य हो ।’ जोसे मोरिन्होको नेतृत्वमा रहेको इन्टरले सन् २०१० को सेमिफाइनलमा ग्वार्डिओलाको बार्सिलोनालाई हराउँदै फाइनल पुगेको थियो । टोलीले सो सिजन आफैँ ट्रेबल जितेको थियो ।

यस्तै सिटीलाई च्याम्पियन्स लिगमा पहिलो उपाधि जित्ने मौका पनि छ । सिटी सन् २०२१ मा फाइनल पुगेपनि उपाधि भने जित्न सकेको थिएन । सिटिका लागि यस खेलमा इर्लिङ हालान्ड र इल्के गुन्डोगन मुख्य भूमिकामा हुनेछन् । हालान्ड च्याम्पियन्स लिगको यो सिजनका सर्वाधिक गोलकर्ता हुन् ।

उनले यो सिजन १२ गोल गरिसकेका छन् । इन्टरविरुद्धको खेलमा सिटीले जित्ने धेरैले अनुमान गरे पनि इन्टर त्यति कमजोर भने छैन । प्रतियोगिताका १२ खेलमा इन्टरले सबैभन्दा बढी ८ वटा क्लिन सिट राखेको छ । सिमोनी इन्झागीको टोली पनि आक्रामक देखिन्छ । गोलकिपर आन्द्रे ओनाना उत्कृष्ट लयमा देखिएका छन् ।

लाउटारो मार्टिनेजले यो सिजन ५८ खेलमा २८ गोल गर्नुका साथै ११ वटा गोलको अवसर सिर्जना गरिसकेका छन् । इन्टर मिलानका मुख्य प्रशिक्षक सिमोनी इन्झागीका भन्छन्, ‘मेरो लागि यो सबैभन्दा महत्वपूर्ण खेल हो । मेरा खेलाडीका लागि पनि यो त्यतिकै महत्त्वपूर्ण छ ।

हामीले वर्षभरि गरेको मिहिनेतको प्रतिफल हो यो ।’ सन् १९५५ मा युरोपेली च्याम्पियन्स क्लब कपको नामबाट स्थापना गरिएको जसलाई सामान्यतया युरोपेली कप पनि भन्ने गरिन्छ । यो सुरुमा सोझो नकआउटक प्रतियोगिता थियो जुन प्रत्येक राष्ट्रिय प्रतियोगिताबाट प्रतिनिधित्व गर्ने विजेता क्लबहरूको लागि मात्र उपलब्ध रहेको थियो ।

सन् १९९२ देखि यस प्रतियोगिताको नाम हालको नामबाट खेल खेलाउन सुरु गरिएको होे । जसमा राउन्ड रोबिन र समूह चरण समावेश गरिएको हुन्छ । र युरोपका केही फुटबलमा उत्कृष्ट देशहरूबाट सहभागीहरूलाई सोही ढाँचा अनुसार खेल खेलाइने गरिन्छ । जे होस यो खेल दुबै टोलिको लागि निकै महत्वपुर्ण खेल रहने छ ।