काठमाडौँ — अलैँची खेतीमा लमजुङका कृषकहरु उत्साहीत बन्दै गएका छन् । अलैँची जोन पकेट क्षेत्रका रूपमा मस्र्याङ्दी गाउँपालिका, बेँसीसहर नगरपालिका, अरु तीन गाउँपालिकालाई अघि बढायएपछि कृषहरु थप उत्साहित देखिएका हुन् । अलैँची उत्पादनलाई बढाएर पर्यटक समेत भित्र्याउने चाहनामा स्थानीयहरु देखिएका छन् । लमजुङको ग्रामिण भेगका किसानहरु परम्परागत खेती किसानीमा भन्दा आयमुलक अलेँची खेतीमा आकर्षित भएका छन् ।
यो मस्र्याङदी गाउँपालिका अन्तर्गतको भूभाग हो । यहाँका हरेक पाखा पखेरा र बाँझो खेतबारीहरु अहिले अलैँचीका विरुवाले ढपक्क भएका छन् । लभगभग फल टिप्ने बेला भइसकेका यी अलेँचीका विरुवाहरु हरेक वर्ष फैलिने क्रममा छन् । यहाँका स्थानीयहरु अलेँचीबाट राम्रो आम्दानी हुने भएपछि यसतर्फ आकर्षित भएका हुन् । अलैँची दाना बिक्रीबाट लमजुङका किसानले गत वर्ष २० करोड आम्दानी गरेका थिए ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यन्वयन एकाइ लमजुङका अनुसार गतवर्ष जिल्लामा तीन सय ८० मेट्रिक टन अलैँची बिक्री भएको थियो ।यस परियोजनाले अलैँची जोन पकेट क्षेत्रका रूपमा मस्र्याङ्दी गाउँपालिका, बेँसीसहर नगरपालिका, क्होलासोथर , दोर्दी र दूधपोखरी गाउँपालिकालाई घोषणा गरिसकेको छ । सो क्षेत्रमा सबैभन्दा बढी अलैँची उत्पादन हुने गरेको छ ।
विसं २०४१ देखि लमजुङमा अलैँची खेती विस्तार भएको मानिन्छ । तर कृषकहरुलाई व्यवसायीक बनाउन सिप विकास तालिम प्रदान गर्ने, आवश्यक प्रविधि र सुविधाहरुको उपलब्धता गराउने कार्यमा इको हिमालले एक दशकदेखि काम गर्दै आएको छ । विशेषगरि मस्र्याङदी गाउँपाकिलाको सेरा, ताराचोक,छिनखोलालुदी,उस्ता लगायतका गाउँहरुमा कृषकहरुलाई सहजीकरण गर्दै आएको छ । जसले अलैँची कृषकहरुलाई थप हौसला र प्रोत्साहन मिलिरहेको छ ।
यहाँका किसानले कुनै बेला प्रतिकिलो दुई हजार दुई सयसम्म अलैँची दाना बिक्रीबाट लिने गरेका थिए । तर त्यसयता सो रकमको तुलनामा धेरै न्यून मूल्यमा बिक्री गर्दै आएका छन् ।स्थानीय कृषि उपार्जनलाई व्यवसायीक बनाउँदे पर्यटन प्रवद्र्धन गर्ने कार्यमा इको हिमालले स्थानीयहरुलाई मार्गनिर्देशन गरिरहेको छ । भीर माहुरीको मह समेत काड्ने साहसिक कार्यलाई अवलोकलन गराउने गरि पर्यटकहरुलाई पदयात्रामा ल्याउन सकिने पर्यटन व्यवसायीहरुको तर्क छ ।
काठमाडौँबाट करिव २ सय किलोमिटरको दुरीमा रहेको यस क्षेत्रमा छोटो दुरीको पदयात्रामा निस्कीने, गुरुङ र तामाङ समूदायको बाहुल्य यस क्षेत्रमै घुम्ने चाहना भएकाहरुका लागि यो उपयुक्त ट्रेकिङ रुट हुन सक्छ । यहाँका हरेक गाउँमा इको हिमालको सहकार्यमा होमस्टेको सुविधा छ । ३ देखि ४ दिनमा गाउँले परिवेशमा रमाउँदै घुम्न सकिने यो आकर्षक पदमार्ग हो । जहाँ अलेँचीको पटेक क्षेत्र, भीर माहुरीको मह अर्थात हनी हन्टीङको आनन्द लिन सकिन्छ ।
प्रतिक्रिया