Breaking

एमालेका नेताहरु जहाँ पुग्यो त्यहिँ असुरक्षित, सरकारकै समर्थनमा पहिचानवादीको आक्रमण !


काठमाडौँ — प्रदेश २ को नाम कोशीप्रदेश नामाकरण गरेदेखि नै त्यहाँ पहिचानवादीहरुले आन्दोलन चर्काईरहेका छन् । उनीहरुले विशेषगरी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र एमालेका नेताहरु लक्षित गतिविधि बढाईरहेका छन् । एमालेका शीर्ष नेताहरुमाथि नै पहिचानवादी शक्तिहरुले आक्रमण गर्ने क्रम बढेपछि अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरु पनि त्यसको बचाउमा उत्रिएका छन् । एमालेले आफूहरुमाथिको आक्रमण बन्दन भए संसद बैठक नै चल्न नदिने चेतावनी समेत दिएको छ ।

बिहीबार पार्टी केन्द्रीय कार्यलय च्यासलमा नेकपा एकीकृत समाजवादी पार्टी परित्याग गरी एमालेमा समाहित भएका मुकुन्द न्यौपानेसहितका नेतालाई स्वागत गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार नै पहिचान वादको पक्ष लागेर देशभर जनता भड्काइरहेको आरोप लगाए ।

पहिचानवादीका नाममा एमालेमाथि देशभर नै हमला गरिरहेको भन्दै उनले कोशी प्रदेशमा सत्ता संरक्षित अपराधिक घटनाहरु भइरहेको आरोप लगाए । पहिचानवादीका नाममा सत्तापक्ष नै मुठेड गराउन लागिपरेको भन्दै उनले अब नेकपा एमाले प्रतिवादमा उत्रिने चेतावनीदिए । अध्यक्ष ओलीले नेपाललाई जाति जाति कानाममा दंगाफसाद गराउने षड्यन्त्रबाट प्रधानमन्त्री पुष्प कमलदाहालले देशभर पहिचानको विष फैल्याउने कोशिस गरेपनि सफल नबनेको बताए ।