Breaking

नेपाल ७ विकेटले पराजित


काठमाण्डौ – आईसीसी विश्व कप छनोटका लागि अन्तिम तयारीमा रहेको नेपाल स्कटल्यान्डसँगको पहिलो एकदिवसीय अभ्यास खेलमा ७ विकेटले पराजित भएको छ । नेपालले दिएको १ सय ३६ रनको सामान्य लक्ष्य स्कटल्यान्डले २९ ओभरमा ३ विकेट गुमाएर भेटायो । स्कटल्यान्डका ब्रेन्डन म्याकमुलनले ५९ र रिची बेरिङ्टनले ४१ रन बनाए । नेपालका गुलशन झाले २ र सोमपाल कामीले १ विकेट लिए । यसअघि दक्षिण अफ्रिकाको प्रिटोरियामा टस हारेर ब्याटिङ गरेको नेपालले २८ ओभर ५ बलमा अलआउट हुँदै १ सय ३५ रन बनाएको हो ।

नेपालका कुशल मल्लले ३७ र आसिफ शेखले २८ रन बनाए पनि अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् । बलिङतर्फ स्कटल्यान्डका ब्रेन्डन म्याकुमलन ज्याक जार्विसले ३र३ विकेट लिए । नेपालले दोस्रो अभ्यास खेलमा शनिवार नेदरल्यान्ड्ससँग खेल्नेछ । नेपाली टोली अघिल्लो हप्ता मङ्गलवार दक्षिण अफ्रिका गएको थियो । नेपाल दक्षिण अफ्रिकाबाटै जिम्बाब्वे जानेछ । जिम्बाब्वेमा हुने विश्व कप छनोट प्रतियोगितामा दश टोलीको सहभागिता रहेको छ ।

सहभागी दश टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । प्रतियोगितामा नेपाल समूह ुएु मा रहेको छ । नेपालको समूहमा आयोजक जिम्बावे, वेस्ट इन्डिज, नेदरल्यान्ड्स र अमेरिका रहेका छन् । असार ३ मा जिम्बाब्वेसँग खेल्दै नेपालले प्रतियोगिताको सुरुवात गर्नेछ । समूह ुबीु मा श्रीलङ्का, आयरल्यान्ड, स्कटल्यान्ड, ओमान र यूएई रहेका छन् ।

हरेक समूहबाट शीर्ष तीन टोली सुपर सिक्समा प्रवेश गर्नेछन् । सुपर सिक्समा समूह ुबीु बाट आउने तीन टोलीले समूह ुएु का तीन टोलीसँग खेल्नेछन् । त्यसपछि शीर्ष दुई टोली फाइनलमा पुग्दै भारतमा हुने विश्व कपमा स्थान बनाउनेछन् ।