Breaking

बालेन साहको कार्यकक्षमा ग्रेटर नेपालको नक्सा


काठमाडौँ — काठमाडौँ महानगरपालिका मेयर बालेन साहको कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखिएको छ । नेपालको इतिहास कसैले मेटेर मेट्न नसकिने भन्दै बालेनले उक्त नक्सा राख्न लगाएका हुन् । राष्ट्रियसभा गृहस्थित मेयरको कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखिएको बालेनका स्वकीय सचिव भूपदेश साहले जानकारी दिए । बालेन साह यतिबेला भारतको बैंगलोरमा छन् । उनको निर्देशनमा सचिवालयले ग्रेटर नेपालको नक्सा राखेको स्वकीय सचिव साहले बताए । नेपालको गर्विलो इतिहास छ । त्यो इतिहास झल्काउने नक्सा राखिएको हो ।

मेयर सापकै निर्देशनमा राखेका हौं ।’ स्वकीय सचिव साहले भने । भारतले आफ्नो संसदमा ग्रेटर इण्डियाको नक्सा राखेको छ । त्यसमा नेपालका लुम्बिनी र कपिलवस्तु समेत समेटिएका छन् । भारतको उक्त कदमको नेपालमा चर्को विरोध भइरहेको छ । आम सर्वसाधारणको तर्फबाट भारतको उक्त कदमको विरोध भइरहेको बेला मेयर बालेनको कार्यकक्षमा भने ग्रेटर नेपालको नक्सा राखिएको हो ।