Breaking

चुरे नछुनुहोला देशमा आगो बल्छः रघुजी पन्त


काठमाडौँ — नेकपा एमालेका सांसद रघुजी पन्तले चुरे नचलाउन सरकारलाई चेतावनी दिएका छन् । चुरे चलाए देशमा आगो बल्ने उनले बताए । आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटमाथि संसदमा बिहीबार भएको छलफलमा भाग लिँदै एमाले सांसद पन्तले सरकारको नीति कार्यक्रमदेखि बजेटमा समेत चुरेको ढुंगा गिट्टी निर्यातको योजना आएको बताए ।

नीति तथा कार्यक्रममा पनि आएको छु, प्रधानमन्त्रीले भाषण गर्दै हिँड्नु भएको छ र तपाईको बजेटमा पनि आएको छ उनले अगाडि भने, चुरे नछुनुहोला, चुरे छुनुभयो भने देशमा आगो बल्छ । प्राकृतिक संशाधन बेचेर देश कहिल्यै धनी नहुने र चुरेको ढुंगामाटो निर्यात गरेर मुलुकको खर्च टार्न नसकिने उनले बताए ।