Breaking

प्रचण्डका अघि ओली रवि निरिह,मुद्दा नपाएको प्रतिपक्ष के गर्ला ? राप्रपा र रास्वपा एमालेको साथ खोज्दै


काठमाडौँ — कमजोर धरातल र चौतर्फी घेराबन्दीकाविच सरकारको नेतृत्वगरिरहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भोगेको आरोह अवरोह रोचक छ । कहिले ठुलो संख्याका सहयात्री व्यवस्थापन त कहिले बाहिरि शक्तिको पेलानमा परेका उनलाई पछिल्लो केहि दिन प्रतिपक्षीले र्याख र्याख्ती नै पारेका थिए । तर भाग्ने भन्दा प्रश्नको सामना गर्ने र भिड्ने भन्दा लचक हुने रणनितिमा उनी सफल बन्दा उनी र सरकारविरुद्ध प्रतिपक्षी मुद्धा विहिनकै अवस्थामा पुगेका हुन । सन्तुलन र लचक राजनीतिमा सक्रिय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आफ्नो रणनितिमा सफल बन्दै गएका छन ।

थोरै तलमाथि भए प्रधानमन्त्री पाउने सुविधामा रहेको कांग्रेस च्यापेर अघिबढेका उनलाई हरेक पाईलामा बाधा कै स्थिती सिर्जना हुँदै आएको छ । यसैको परिणाम स्वरुप भारत भ्रमणकै मुखमा एमालेले वखेडा झिकेको थियो । जेठ १५ मै बजेट ल्याउन ुपर्ने बाध्यताका कारण एकातर्फ नितितथा कार्यक्रम पास गर्नुपर्ने दवावर अर्का तर्फ भारत भ्रमणको सम्मुखमा एमालेले जलहारी काण्डलाई लिएर संसद अवरुद्ध गरेको थियो । तर महालेखा परिक्षकको प्रतिवेदनले समेत अनियमितता भएको भनेर औल्याएको यो विषयमा प्रचण्ड लचक बने ।

फलत आफ्ना सांसद विरुद्धगएर जलहारीमा एमाले अध्यक्ष केपीशर्मा ओलीलाई मुछ्न नमिल्ने भन्दै उनले संसद सुचारु हुने अवस्थासिर्जना गरे । तर भारत भ्रमणबाट फर्किए पछि उनी फेरि प्रतिपक्षको घेराबन्दीमा परे । यो पटक सवै प्रतिपक्षी एक ठाँउमा उभिदा संसदमा उत्तर दिने क्रमम ाप्रचण्डलाई सकस कै स्थिती सिर्जना भएको थियो । जुन संसदमा विरोधका लागि विरोध जस्तै गरि भारतले दिएको रागाँको विषयले वढि प्राथमिकता पाएको थियो ।