Breaking

विश्व महानगर सम्मेलनमा भाग लिन बालेन शाह ब्रसेल्स जाँदै


काठमाडौँ – महानगरपालिकाका मेयर बालेन शाह जेठको अन्तिम साता बेल्जियमको भ्रमण गर्ने भएका छन् ।

मन्त्रिपरिषद्को बुधवार बसेको बैठकले मेयर शाहको भ्रमण स्वीकृत गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।

जेठ २९ देखि ३२ सम्म ब्रसेल्समा हुने विश्वका महानगरपालिकाहरूको शिखर सम्मेलन तथा अर्बान समिटमा भाग लिन बालेन शाह बेल्जियम जान लागेका हुन् ।

यस्तै आजकै मन्त्रिपरिषद् बैठकले काभ्रेको पाँचखालमा रहेको औद्योगिक ग्रामलाई महिला उद्यमी विशेष औद्योगिक ग्रामका रूपमा रूपान्तरण गर्ने निर्णय पनि गरेको छ ।
त्यसै गरी कालीमाटी तरकारी बजारको अध्यक्षको जिम्मेवारी सहसचिव मदन भुजेललाई दिने निर्णय पनि भएको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।