Breaking

प्रचण्डलाई घेराबन्दीमा पार्दै ओली–रवि, कांग्रेस सरकार छोड्ने मोडमा


काठमाडौँ — प्रतिपक्षीदलहरु हाबी हुँदा पछिल्लो समय संसद् बैठक दिनहँु अवरुद्ध हुनथालेको छ । प्रतिपक्षी दलहरुको यस कदमले सदन चेपुवामा मात्रै परेको छैन प्रधानमन्त्री समेत पेलानमा पर्न थालेका छन् ।
सदनमा प्रतिपक्षी दलहरु एक जुट हुँदा सत्तापक्ष पेलानमा पर्न थालेको छ । पछिल्लो तीन दिनको सदनका गतिविधि केलाउने हो भने दरिलो बन्दै गएको प्रतिपक्षी दलहरुको आक्रोशले सत्तापक्ष पेलानमा मात्रै परेको छैन संसद् थलो नै अस्तव्यस्त बनेको छ ।

सत्ता गठबन्धन विरुद्धप्रतिपक्षी दलहरु नेकपा एमाले, राष्ट्रिय स्वतन्त्रपार्टी रास्वपा, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा लगायत दलहरुको घनिष्टता कायति बढेको छ की उनीहरु सत्तापक्षलाई कसरी सकिन्छ पेलैरै अघिबढ्न सक्रिय देखिन्छन् । नागरिकता विधेयक प्रमाणिकरण, शरणार्थी प्रकरण, करका दरमा भएको हेरफेरबारे उनीहरु सत्तापक्ष विरुद्ध एक ढिक्का भएर उभिएकाछन् ।