Breaking

संसद कि चिया चौतारो ? किन बढ्दै छ गैरसंसदीय हर्कत ? रेकर्ड बाट हटाउने काम नियमित जस्तै


काठमााडौँ — जनजीविकाका विषयमा तर्क र तथ्यसहितको बहस गर्नुपर्ने थलो संसद पछिल्ला दिनहरुमा भने होहल्लामै केन्द्रीत भइरहेको छ । जनजिविका र नितिगत कुरा विषयभन्दा सामाजिक सन्जालमा शेयर भएका विषयलाई सांसदहरुले बैठकमा प्रवेश गराउँदा महत्वपूर्ण विषयहरुको उठान नै हुन सकिरहेको छैन । बैठकमा गैर संसदीय कार्य र शब्दको प्रयोग समेत बढ्दा सभामुखले रेकर्ड हटाउने काम नियमित जस्तै बनिसक्यो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणका क्रममा गरेका गतिविधि र नागरिकता विधेयक प्रमाणिकरको विषयलाई लिएर आईतबार प्रतिपक्षीहरुले संसद अवरुद्ध गरे ।

प्रधानमन्त्रीको जवाफ माग्दै होहल्ला गरेपछि सोमबारको संसदमा प्रधानमन्त्री प्रचण्डले जवाफ पनि दिए । जवकि नियमित प्रश्नोत्तरमा यो विषय उठाउन सकिने र अहिले कार्यसूचिमा भएका एजेण्डालाई प्रक्रियामा लान सभामुखले अनुरोध समेत गरेका थिए । तर टसमस नभएका उनीहरुलाई प्रधानमन्त्रीले जवाफ दिँदा समेतसाधारण संसदीय मर्यादा पनि ख्याल नराख्दै एमाले सांसद सूर्य थापा विचमै वोल्न थाले

सभामुखले नियमापत्तीको प्रक्रियामा यसलाई उठाउने सकिने भन्दै थापालाई भनेपछि उनी स्वयम समेत प्रष्ट नभई अगाडि नबढ्न प्रधानमन्त्रीलाई बताँउदै थिए । जसले केहिवेर संसदमा होहल्ला नै भयो । अर्थात प्रधानमन्त्रीलाई उत्तर समेत दिन नसक्ने वातावरण एमालेसहितका प्रतिपक्षी सांसदहरुले खडा गरे । यतिमात्र नभएर विधेयकको विषयमा कुरा उठाँउदा सांसदहरुको अध्ययनको अवस्था समेत छताछुल्ल भयो । यतीवेलासांसदहरुको दोहोरीले संसदको दृश्यले उनीरुलाई नै गिज्याईरहेको थियो

जहाँ एकतर्फ अदालतमा विचारधीन विषयमा संसदमा छलफल नहुने तर्क पनि गर्ने अर्कातर्फ जवाफ पनि माग्ने दोहोरो चरित्र एमाले सांसदहरुले देखाए । त्यस्तै विधेयक बारे संवैधानिक व्यवस्था बारे उल्लेख गरिएको धाराले उनीहरुको अध्ययन र तयारी छर्लङ हुँदा त्यसवारे कांग्रेस सांसद विश्वप्रकाश शर्माले शालीन शैलीमा सांसदहरुलाई नियमावली सम्झाएका थिए ।

विषय एतिमै सकिएन । रास्वपा सांसद शीशीर खनालले प्रधानमन्त्री भैसी चढेर आएको भन्दै अर्को गैरसंसदीय शब्द प्रयोग गरे । यसले समेत संसदमा होहल्लाकै अवस्था सिर्जना हुदाँ यसलाई रेकर्ड बाट हटाउन सभामुखले आदेश दिए । तर यहि शब्दमै धेरैवेर वहस हुदाँ रवि लामिछानेले यसलाई सहि भन्ने प्रमाणित गर्नमै समय खर्चिए भने केपी शर्मा ओलीले त दजर्नकै संख्यामा यहि शब्द वोल्दै यसैलाई घुमाईरहे ।

सोमबारको संसदमै देखिएका यी गतिविधिका विच विगतमा संदनको रोष्टमै सुतेर नारावाजी गर्ने,मर्यादापालकको बुई चढेर समाभुखलाई प्रहार गर्न खोज्नेसम्मका दृश्यहरु देखिएका थिए । कुर्सी फुटाल्ने र अर्थमन्त्रीको व्रिफकेस लुट्ने दृश्य समेत देखिँदा यहि संसदमै लुगा फुकालेर अर्धनङ्ग हुने सांसदहरु समेत छन । जहाँ दुई साताको बीचमासभामुख देवराज घिमिरेले तीन सांसदका अभिव्यक्ति प्रतिनिधिसभाको “रेकर्डबाट हटाउन“ निर्देशन दिइसकेका छन्।यसरी बढ्दै गएका गैर संसदीय हर्कत र रेकर्डबाट शब्दहरू हट्ने क्रम बढ्दै जानुमा संसदीय मर्यादा र आफैले बनाएको नियमावलीबारे सांसदको ज्ञानमाथि समेत प्रश्न उठ्न थालेको छ ।

सांसदको दुख हेर्दा पनि दलिय कोटामा चल्ने सदनमा दलले चाहे बाहेकले अरुले शुन्य समयमा सरकारले नसुन्ने आफ्ना विषय राख्न बाध्य छन । जहाँ दलले वोल्न दिएकाहरु समेत जनजिविकाका प्रश्न भन्दा पार्टीको एजेण्डामा मुडभेड गर्न तम्सिन्छन । जसले पछिल्लो समय संसद संसद जस्तो भईरहेको छ । नेताको व्यक्तिगत तुष पोख्ने र दन्तबजान गर्ने थलो संसद बैठक बनिरहेको छ । जसले व्यवस्थाको मुख्य अंग संसद र सासदहरुको गरिमा र मर्यादामै प्रश्न उठ्न थालेको छ ।