Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

Breaking

धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाज काठमाडौ नै फिर्ता


काठमाडौँ – मंगलबार बिहान काठमाडौँबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाज प्राविधिक समस्या आएपछि यतै फिर्ता आएको छ।

जहाजमा ‘प्रेसराइज फेल’ भएपछि जहाजलाई काठमाडौँ नै अवतरण गरिएको त्रिभुवन विमानस्थलले जनाएको हो।
त्रिभुवन विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले बसहान धनगढी उडान भरेको जहाज प्राविधिक समस्या देखिएपछि काठमाडौंमै फिर्ता आएको बताए।

‘जहाजको प्रेसराइजेसन फेलियर भएको हो,’ सिटौलाले नेपालखबरसँग भने,‘जहाज बाहिर र भित्रको अक्सिजन मेनटेन गर्ने सिस्टममा समस्या आएको थियो।’उनले जहाज काठमाडौंमा सुरक्षित अवतरण गरेको जानकारी दिए।