Breaking

मधेश सरकारले आज नीति तथा कार्यक्रम ल्याउने


काठमाडौँ – मधेश सरकारले आज अगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम ल्याउने भएको छ ।

आज दिउँसो ३ बजे प्रदेशसभा बैठकमा प्रदेश प्रमुख हरिशंकर मिश्रले नीति तथा कार्यक्रम प्रस्तुत गरिनेछन् । नीति तथा कार्यक्रम प्रस्तुत गरिने भएकाले आ-आफ्नो सांस्कृतिक भेषभूषा तथा पहिरनमा २:३० बजेसम्म बैठकमा उपस्थित भइदिन सभामुख रामचन्द्र मण्डलले आग्रह गरेका छन् ।

अर्थमन्त्री संजय कुमार यादवले अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा पुरानो योजनाहरूलाई निरन्तरता दिने र शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन तथा भौतिक पूर्वाधार विकासलाई प्राथमिकता दिने बताएका छन् ।