काठमाडौँ – नेकपा एमाले गण्डकी प्रदेशको प्रमुख सचेतकमा बागलुङका गोविन्दबहादुर नेपाली मनोनीत भएका छन् ।
संसदीय दलका नेता खगराज अधिकारीले नेपालीलाई सोमबार प्रमुख सचेतकमा मनोनित गरेका हुन् ।
यसअघि नवलपुरका रोशनबहादुर गाहा थापा प्रमुख सचेतक थिए । उनी मन्त्री भएपछि उक्त पद खाली थियो । सो पदमा समानुपातिक सांसद नेपाली मनोनीत भएका हुन् ।
प्रदेशसभा सदस्य नेपाली गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङका राजनीतिक सल्लाहकार थिए ।
प्रतिक्रिया