Breaking

भारतीय संसद्को नक्सा त्रुटिपूर्ण छ: अध्यक्ष ओली


काठमाडौँ — पुर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतीय संसद्को नक्सा त्रुटिपूर्ण रहेको बताएका छन् । भारतले सांस्कृतिक भन्दै आफ्नो नवनिर्मित संसद् भवनमा राखेको मुराल नक्सा त्रुटिपूर्ण भएको बताएका हुन् । उनले भारतका मन्त्रीहरू ग्रेटर भारतको अवधारणाअन्तर्गत यो कुरा आएको भनिरहेका बेला प्रधानमन्त्री पुष्पकमल दाहालले त्यो विषय भ्रमणका क्रममा नउठाएको भन्दै आपत्ति जनाए । भारतले राखेको मुरालमा नेपालका लुम्बिनी र कपिलवस्तु समावेश छन् ।

ुतपाईंले गेरुवस्त्र लगाउनुभयो । एक ढाकर रद्राक्ष बोकेर जानु भयो । कोटको एउटा गोजीमा नागरिकता विधेयक प्रमाणीकरणको कागज राख्नुभयोु ओलीले भने उहाँ जे बोलियो त्यो राष्ट्रिय हितमा धक्का पैदा भयो । प्रधानमन्त्रीप्रति सन्देह पैदा भएको छ ।ु उनले भारतले लिन चाहेका विषय ुसोलिडु रूपमा दिएको तर लिनुपर्ने कुरा चाहिँ राँगाबाहेक अरु सैद्धान्तिक रूपमा लिएको आरोप लगाए ।