काठमााडौँ — प्रधानमन्त्री प्रचण्ड भारतको पाँच दिने राजकीय भ्रमण सकेर स्वेदश फर्किएका छन । विशेषगरी सीमापार पेट्रोलियम पाइपलाइन विस्तार, डिजिटल पेमेन्ट सम्झौता उपलब्धिको रुपमा हेरिए पनि आम चासो रहेको सीमा समस्या,इपिजि प्रतिवेदन हवाई सम्झौता, पञ्चेश्वर परियोजनाको विषय प्रवेश समेत नहुँदा प्रधानमन्त्री दाहालको भ्रमण आलोचनाबाट टाढा हुन सकेन ।
प्रधानमन्त्री हुन साथ आफ्नो पहिलो विदेश यात्रा भारतबाट नै सुरु गर्ने उद्घोष गरेका ,भ्रमणका लागि निरन्तर ताकेता नै गर्दै आएको प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले अन्तत प्रधानमन्त्री भएको ५ महिनापछि छिमेकी मुलुक भारतको औपचारिक भ्रमण गरेका छन । पाँच मन्त्री सहित झन्डै सय जना प्रतिनिधि मण्डलको नेतृत्व गर्दै दिल्ली दौडिएका प्रधानमन्त्री प्रचण्ड चार दिने औपचारिक भ्रमण सकेर शनिवार साँझ स्वदेश फर्किएका छन ।
आफ्नो चार दिने भ्रमण सकेर काठमाडौ ओर्लिएका प्रधानमन्त्री पचण्डले भारत भ्रमण पूर्णरूपमा सफल भएको र नेपालको आर्थिक समृद्धि र विकास प्रक्रियामा नयाँ इँटा थपेको दावी समेत गरेका छन । प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका क्रममा दुई मुलुकबीच सीमापार पेट्रोलियम पाइपलाइन विस्तार,पारवाहन सम्झौता नविकरण, सुस्मा स्वराज इस्टिच्यूट र परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानबीच सहकार्य गर्ने, तल्लो अरुणको पीडिए गर्ने सहमति भएको छ भने अन्तरदेसिय डिजिटल पेमेन्ट सम्बन्धि सम्झौता सबैको चासोमा परेको छ ।
डिजिटल पेमेन्ट कार्यन्वयनमा आए नेपाल र भारतमा एउटै क्यूआर कोड र वालेट चल्नेछ । नयाँ रेकर्ड बन्ने, सरप्राइज नै दिने दावी गरे पनि प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण उनले दावी गरेझै भने हुन सकेन । उहि नियमित खुद्रा सम्झौता गरेर फर्किएका छन । भएकै सम्झौताहरु पनि कार्यन्वयन हुनेमा शंका कायम छ ।
भारतको चासोमा रहेको नागरिकता विधयक राष्ट्रपति रामचन्द्र पौडेलेले प्रमाणीकरण गराएर दिल्ली दौडिए पनि भारतले आफ्नो फाइदामा रहेर सम्झौताहरु भए । लिपुलेक–लिम्पियाधुरा सहित सीमा विवादमा ठोस् विषय उठान भएन । प्रबुद्ध व्यक्ति समूह (ईपीजी)को विषय ,हवाई सम्झौता, पञ्चेश्वर परियोजना ओझेलमा पर्दा प्रधानमन्त्रीको भ्रमण आलोचनाबाट अछुत रहन सकेन ।
भारत भ्रमण पूर्व नै हरेक सार्वजनिक मञ्चमा आफ्नो भारत भ्रमण ऐतिहासिक बनाउने, नयाँ रेकर्ड हुने दावी गर्दै आए पनि उनको वे्रक थ्रू विहिन रह्यो । छोरीलाई अघि सारेपछि कुटनीतिक दृष्टिकोणले प्रचण्ड आलोचित बन्यो । भ्रमणकै क्रममा व्यतिmगत रुपमा गरिएको पुजाले प्रधानमन्त्री ट्रोल र आलोचनाको केन्द्रमा छ । आलोचनाकाबीच प्रधानमन्त्री प्रचण्डले आफ्नो पहिलो विदेश यात्रा भने भारतबाट नै गर्न सफल भएको छ ।
कुटनीतिक विचलनबाट गुज्रिरहेको मुलुकको कुटनीतिक क्षेत्र सुधारसँगै विकास र समृद्धिको यात्रा तय गर्न सन्तुलित सम्बन्ध स–सर्त विषय हो । भारत भ्रमणमार्फत आफ्नो र गठबन्धन सरकारको पक्षमा भारतको साथ प्राप्त गरेर फर्किएका प्रचण्डको छिमेकी चिनसँग कसरी कुटनीतिक गतिविधिलाई लिएर चासो सुरु भएको छ ।
प्रतिक्रिया