Breaking

बालेनको कायापलट, एकबर्षमा सफलतै–सफलता,प्रचण्ड–रविसँग टकराव, यस्ताछन् आगामी योजना


काठमाडौँ — स्वावतन्त्र उम्मेदवारी दिएर अत्याधिक मतसहित जितेका काठमाडौंका मेयर बालेन शाहको एक वर्षको अवधि केही आलोचना त धेरै प्रशंसाले बित्यो । १ वर्षको अवधिमा उनले गरेका काम उल्लेखयोग्य रहेको भनिएपछि उनी आफैं भने आफ्नो काममा त्यति सन्तुष्ट छैनन् । काम गर्ने इच्छाशक्ति भयो भने मेयरको मुठ्ठीमा कति शक्ति हुन्छ ?भन्ने देखाउन काठमाडौंका मेयर बालेनले एक वर्षको अवधिमा सफल भए ।

संघीय सरकारसँगै भिडेर प्रधानमन्त्रीलाई आच्छुआच्छु बनाएका उनले पछिल्लो समय महानगरभित्रका अस्पतालमाथि नजर गाँडेका छन् । गरीब, विपन्न र आर्थिक अवस्था कमजोर भएका नागरिकलाईछुट सुविधा नदिएका ६८ अस्पताललाई कारबाही नगरे आफै एक्सनमा उत्रिने चेतावनी स्वास्थ्यमन्त्रीलाई दिएपछि विषय गम्भीर बनेको छ । बालेनको चेतावनीपछि शुक्रबार स्वास्थ्यमन्त्री आफै खटिएर दश प्रतिशत नागरिकलाई निःशूल्क उपचार नगरे कारबाही गर्ने चेतावनीअस्पतालहरुलाई दिएका छन् ।

आफ्नै समकालिन नेताहरुको कार्यशैलीमाथि बारम्बार प्रश्न उठाइरहेका बालेनले सिंहदरबारलाई फोहोरमै थर्काईदिए । फोहोर व्यवस्थापन, बेसमेन्ट पार्किङ, फुटपाथ, डोजर, सुकुम्बासी बस्तीलगायत विषयमा हात हालेका उनी केही असफल तर बढी सफल नै देखिन्छन् । तथापी टुकुचा ब्यूँताउने बालेनको सपनामा सर्वाेच्चकै फैसला दोधारे आएपछि उनी पछि हट्न बाध्य बने ।संघीय सरकारबाटै असहयोग भोगेपछि अहिले उनी टकरावमा छन् ।

त्यो टकराव पछिल्लोपटक गणतन्त्र दिवसमा देखियो । महानगरले आयोजना गर्ने परम्परा रहेको समारोहमै बालेन सहभागि भएनन् । नीति निर्माणमा भूमिका खेल्नुपर्ने सांसदहरु खुद्रे योजनाका लागि सांसद विकास कोष ब्यूँताउन सफल भएपछि बालेनले वडाध्यक्षको हैसियत दिएका छन् । जसलाई सांसदहरुले पनि कमजोर औल्याएकै अर्थमा स्वीकारेका छन् ।

हिजोआज बालेनको जोड महानगरको शिक्षा र स्वास्थ्यमा केन्द्रीत छ ।हरेक शुक्रबार सामुदायिक विद्यालयमा पुस्तक बिनाको पढाई गराउँदै अतिरिक्त क्रियाकलापमा जोड लिएका छन् । स्कुललाई सीपमुलुक बनाउन ९० घण्टे सीप सिकाई पनि महानगरले सुरु गरेको छ । जसमा उनी अग्रसर बनेका छन् ।शिक्षा सुधारको अभियान नै चलाएका उनले निजी स्कुलले नियमित छात्रवृत्ती उपलब्ध नगराए कारबाही गर्ने चेतावनीसमेत दिइरहेका छन् ।

पछिल्लो निर्णय अनुसार काठमाडौंबाट छुट्ने र भित्रिनेलामो दूरीका सवारीसाधनले अब नयाँ बसपार्कबाटमात्रै यात्रु चढाउने र ओराल्न पाउने छ । बसपार्क बाहिर सञ्चालनमा रहेका टिकट काउन्टरलाई पनि बन्द गराएका छन् । जसले दूर्घटनाको जोखिम र सुरक्षाबलिया बन्नुका साथै यातायातको व्यवस्थापन प्रणालीमा पनि सुधार आउने अपेक्षा गरिएको छ ।

महानगरभित्र उनको अगुवाईले नीतिगत क्षेत्रमा सुधार आएको छ । राजस्वमा सुधार भएको छ । तथापी कतिपय काममा ठोस परिणाम नआएपछि आफ्नै कदममा सन्तुतष्ट छैनन् । अर्थात अझै धेरै काम गर्न बाँकी रहेको उनलाई लागेको छ ।