Breaking

विद्यालयको शौचालयमा आगो लगाएर लेखापालले गरे आत्मादहको प्रयास


काठमाडौँ – मोरङको सुन्दरहरैचा नगरपालिका मृगौलियामा रहेको श्री माध्यमिक विद्यालयका लेखापाल जलेर गम्भीर घाइते भएका छन् ।विद्यालयको शौचालय भित्र आगो लगाएर विद्यालयका लेखापाल मनिल ढकाल गम्भीर घाइते भएका हुन् ।

उनलाई शौचालयबाट उद्वार गरी कोशी अस्पताल बिराटनगर लगिएको मोरङ प्रहरीले जनाएको छ । विद्यालयमा काम छ भनी उनी बिहानै घरबाट विद्यालय गएका थिए ।

विद्यालयमा बिहान ढकाल भन्दा अरु नभएकाले आफैले आगो लगाएको हुनसक्ने मोरङ प्रहरीका डीएसपी रन्जनकुमार दाहालले बताए ।उनले घटनाको बिषयमा अनुसन्धान भैरहेको बताए। घाइते ढकालको अवस्था गम्भीर छ ।

सुन्दर हरैचा नगरपालिकाका मेयर केदार प्रसाद गुरागाईले बिहान कोही नभएको अवस्थामा विद्यालयमा गएर आत्महत्याको प्रयास गरेको बताए ।

विराटनगरमा उपचार हुन नसक्ने भएपछि थप उपचारका लागि काठमाडौ लगिएको छ । एम्बुलेन्सबाट काठमाडौ‌ पठाइएको विद्यालयका प्रधानध्यापक दुर्गा गुरागाईले बताए ।