Breaking

देउवासँग भिड्दै गगन, विशेष महाधिवेशन असम्भव, के के होला अबको बाटो ? के गर्लान् देउवा ?


काठमाडौँ — कांग्रेस रुपान्तरणको मुद्धा बोकेर अघि बढ्दा गुटविहिन बनेका गगन थापाको नेतृत्वप्रतिको आक्रोश निरन्तर बढ्दो छ । नयाँ शक्तीको उदयले र आफ्ना नजिककै नेताको पलायनले मारमा पर्दै गएका उनले लगातार जसो नेतृत्वमाथि प्रश्न उठाँउदै आएका हुन । जहाँ उनी सहित पदाधिकारी विरुद्धै पनि एक समुह देशव्यापी अभियानमा लागि परेका छन । त्यसो भए नेतृत्वबाट आजित भएका गगनले गर्न सक्ने आगामी कार्य के हो त ?

संसदीय निर्वाचनमा आफ्ना वल नचलेपछि सम्भावना भएकालाई टिकट दिलाउन असफल कांग्रेस महामन्त्री गगन थापा निरन्तर ओरालो यात्रामा छन । पार्टीभित्र बढ्दो गुटवन्दीकै कारण दाजु भाउजुको ज्यादती थेक्न नसक्ने भन्दै बारिहएकैहरुले भने सफलता प्राप्त गरिरहेका छन । त्यसमा पनि आफ्ना टिम भनिएकै अनुहार यसरी नयाँ भनिएको दलमा गएपनि गगन गर या मरको अवस्थामा पुगको छन । यहिवीचमा उपनिर्वाचनमा एक त नयाँ दल त्यसमा पनि आफ्नै संग भिड्ने दोहोरो मारमा परेका उनी अहिले कांग्रेस निल्नु न ओकल्नुको अवस्थामा पुगेका हुन ।

फलतः सामाजिक सन्जालमार्फत अति भएको भन्दै चेतावनी दिएका उनले शरणार्थी प्रकरणबाटै नेतृत्वसंग फरक मत बढाँउदै लगेका छन । यहिवीचमा उनकै गुटका युवा नेताहरुलाई पदाधिकारी माथि नै प्रश्न उठाँउदै शेखर कोईरालाले अघि बढाएपनि उनी झस्किएका हुन । यसैको परिणाम कहिले आफूलाई महामन्त्रीको लोभ नभएको बताउने त कहिले पार्टी सुधारेर जानुको विकल्प नभएको बताँउदै आएका उनी पछिल्ला केहिदिन यता निरन्तर नेतृत्वप्रति प्रहार गरिरहेका छन ।

पछिल्लो घटना सांसद विकास कोषमा पार्टीको मौन स्वीकृती,रेशम चौधरीलाई आममाफि र नागरिकता विधेयक प्रमाणिकरण विरुद्ध खरो उत्रिएका उनले शुक्रबार पनिसभापति शेरबहादुर देउवाले करिब डेढ वर्षदेखि एकलौटी निर्णय गर्दै आएको बताएका छन् । प्रदेश सरकारमा कांग्रेसको सहभागिता र मन्त्रालय तोडफोड र सांसद विकास कोषलगायतबारे सभापतिले एक्लै निर्णय गरेको आरोप लगाएका उनले आफूले सञ्चार माध्यममा आएपछि मात्रै जानकारी पाउने सार्वजनिक अभिव्यक्ति दिएका हुन ।

एकपछि अर्को गलत निर्णय गर्दै गए यो भारीले पार्टी उठाउनै नसक्ने गरी थिचिने बताएका उनले पार्टीमा परम्परागत गुट सकिएको बताएका छन भने पार्टी सुधार्न एकजुट हुन आह्वान समेत गरेका हुन । राष्ट्रिय स्वतन्त्र पार्टीमा आएको उलारले आगामी दिनमा सवैभन्दा वढि क्षति कांग्रेसले व्यहोर्न आकंलनका विच देउवाका कदम भने विवादीत मात्र छन । त्यसमा पनि युवा भनिएका गगन जस्ता नेताहरु यसको भूमरीमा पिसिने आकंलनले पनि उनलाई छटपटी बढाएको छ ।

जहाँ अस्तव्यस्त र भद्रगोल संगठन र मनमौजी नेतृत्वले पुगेको क्षतीलाई पार्टीभित्रै बसेर दवाव दिनुपर्ने बाध्यतामा गगन छन । अर्थात चुप लागे आफै सकिने तर पार्टी छोड्न पनि नसकिने अवस्थामा उनी रहदाँ उनका पछिल्ला अभिव्यक्तिले उनको गुटको धरातल समेत नरहेको प्रष्ट भएको छ । फलत ः आक्रोशित देखिएका उनी वारपार कै लडाईमा अघि बढेका हुन । संगै देशव्यापी कार्यकर्ता भेट कार्यक्रम गर्ने र देश दौडाहामा जाने रणनिति बनाएका उनको यो तयारीलाई विगतको जस्तो घुर्कीमात्र नभएको समेत प्रष्ट भएको छ ।

यद्यपी नेता श्याम घिमिरे भने गगनको स्थिती पार्टी नै फुटाउने अवस्था नभएको तर्क गर्दै आएका छन । जसले गगन सामाजिक सन्जाल र मिडियामा पार्टी सत्ता र सरकारको विरोध गर्ने रणनितिमा अघि बढेको देखिन थालेको हो । यता राजनीतिक विश्लेषक शुर्दशन आचार्य पनि गगनका सामु रुपान्तरणबाहेक अन्य विकल्प बाँकि नरहेको बताउँछन ।

पार्टी छोड्ने वा फुटाउने सुविधामा नरहेका उनीसंग परिवर्तन पक्षधर एक गर्दै नेतृत्वलाई दवाव दिनुको विकल्प नभएको उनी बताउँछन । देउवा पक्षमा समेत पार्टीको भविष्यप्रति चिन्ता गर्ने बाकिँ रहेको बताउने उनी गुटभन्दा पार्टीको हित चाहाने र आफ्नै मात्र हित चाहाने विचको लडाईका रुपमा यसलाई अघि बढाउनुपर्ने उनको तर्क छ ।

हुन त नेतृत्वलाई गाली गर्ने र फल प्राप्त गरेपछि चुप लाग्ने प्रवृत्ती नेपाली राजनीतिमै नौलौ हैन । एमालेमा माधव नेपालको नेतृत्वका वेला केपी ओलीले होस या कांग्रेसमा गिरिजाको नेतृत्वका वेला देउवाले स्थापित हुन अपनाएको रणनिति पनि यहि हो । जहाँ स्वयम गगन समेत आफ्ना स्वार्थका लागि विगतमा गुट परिवर्तन गर्दै आएका व्यक्ति हुन ।

जसले कतै यो पनि भाग मिलान र घुर्की भन्दा माथि नउठ्ने त हैन भन्ने आशंका समेत अहिले जन्मिएको छ । तर नयाँमा बढेको उलार र आफ्नै घट्दो क्रेज र टिम गुमाउदाँको रनाहामा रहेका उनी यो पटक भने यसै पछि नहट्ने सम्भावना नै प्रवल छ ।