Breaking

भारत भ्रमणमा कालापानी बेच्ने कुरा ! प्रचण्ड फ्लप–मोदी सुपरहिट,शरणार्थीमा कमाएको वाहवाही भारतमा सखाप


काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड तीनदिनदेखि भारत भ्रमणमा छन् । बिहिबार भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गरेका उनले आज उज्जैनस्थित महाकालेश्वरको मन्दिरमा १०८ रुद्राक्षसहित पुजापाठ गरेका छन् । तर प्रधानमन्त्रीको भारत भ्रमण परिणाममुखी भन्दा पनि आशावादीमात्रै भएकोतर्फ आलोचना भइरहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का लागि यो भ्रमण ‘हिट’मात्रै भएका बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका लागि ‘सुपरहिट’नै भयो । किनकि हवाई उडाउन आकाश नदिएका मोदीलाई प्रचण्डले तल्लो अरुण र फुकोट कर्णाली दिएका छन् ।

तर कालापानी–लिपुलेकबारे प्रधानमन्त्री बोल्नै सकेनन् । मोदीसँग माहोल बिग्रिने डर पलाएपछि ईपीजी प्रतिबेदनको कुरा उठाउन प्रधानमन्त्री प्रचण्ड आफै पछि हटेको स्वीकार गरे ।जसले भारतका लागि फलदायी बनेको यो भ्रमण नेपालका उही खुद्रा सम्झौता र आश्वासनले भरिएको आशावादी योजनाभन्दा पर पुग्न सकेन ।बरु प्रधानमन्त्री प्रचण्डले कालापानी भारतलाई दिएर बंगलादेशसँग जोडिएको सीमा साट्ने लाचारी योजना अघि सारेका छन् ।

प्रधानमन्त्रीकै तहबाट यो खाले अभिव्यक्ति आएपछि सार्वभौम देशका नागरिकको आत्मसम्मानमाथि गम्भीर प्रश्न उठेको छ । अर्काको बाटो प्रयोग गर्न आफ्नै भूमि छोड्ने कुरा, त्यो पनि प्रधानमन्त्रीकै मुखबाट सार्वजनिक भएपछि मोदीसँग तीनपटक ‘वान टू वान’ वार्ता कुन विषयमा केन्द्रीत भयो बुझ्न कठिन छैन । फलतः सीमा विवाददेखि ईपीजीसम्मको विषय उठाउन प्रधानमन्त्रीमा माहोल बिग्रिने डर पलाएको हो ।

जबकिभारतले नेपाली नागरिकलाई तुइन चुढाएर मार्दा माहोल नबिग्रिने ?कालापानी–लिपुलेक र सुस्ताको विवाद भारतकै कारण सुस्ताएको कहालीलाग्दो कष्ठका अघिका विराटनगर, लुम्बिनी र कपिलबस्तु समेट्दै अखण्ड भारत भन्दा पनि माहोल नबिग्रिने ?तर नेपाली सार्वजनिक चासोको विषयमा बोल्दा माहोल बिग्रिने डर हाम्रा प्रधानमन्त्रीमा पलाएकै कारण यो भ्रमणको औचित्यमाथि नै शंका गर्नुपरेको हो ।

नेपालको मुख्य व्यापार घाटाका रुपमा रहेको डिजेल पेट्रोललाई विस्थापित गर्दै नेपालमै उत्पादित बिजुली आफैले खपत गरि व्यापार घाटा कम गर्नुपर्नेमा उल्टै भारतीय तेल आयातका लागि चितवन र झापामा शाखा विस्तार गर्दै नेपालको व्यापार घाटा कायमै राख्न भारत सफल भएको अर्थमा विज्ञहरु विश्लेषण गरिरहेका छन् । भारतलाई १० वर्षमा १० हजार मेगावाट बिजुली बेच्ने कुरा प्रचण्ड पहिलोपटक प्रधानमन्त्री बन्दा नै अघि बढाइएको थियो ।

तर मोदीले फेरि त्यही कुरा दोहो¥याएर नेपाललाई अल्झाइराख्ने कुटिल चाल खेलेको विज्ञहरु बताउँछन् ।फलतः मोदीका अघि नेपालको स्वार्थ अनुकुल कुरा राख्नु प्रचण्डको ‘बसको बात्’ उनीहरुको भनाइ छ । किनकि ‘माग्नेले छान्या पाउँदैन’ भन्ने विषयमा भारत स्पष्ट छ ।

नक्कली शरणार्थी प्रकरणको फाइल उठाएर छानबिनको दायरामा ल्याएकै कारण चौतर्फि समर्थन कमाएका प्रचण्डको अवसान यात्रा तीन अदालतले दोषी ठहर गरेका रेशम चौधरीलाई माफी दिएपछि सुरु भएको थियो । झन विवादित भएर दुईपटक यसअघि तत्कालिन राष्ट्रपतिले अस्वीकार गरेको नागरिकता विधेयक रामचन्द्र पौडेलबाट प्रमाणीकरण गर्न लगाएपछि उनी थप आलोचित बनेका छन् । अब भारत भ्रमणका क्रममा उठाएका विषयमा समेत प्रधानमन्त्रीमाथि प्रश्न उठेको छ ।

यसले सबै आन्तरिक शक्तिलाई मिलाएर भारत भ्रमण हानिएका उनी फर्किँदा सडकदेखि सदनसम्म चुनौतीको सामना गर्ने संकटमा फसेका छन् । तर प्रचण्डको सबैभन्दा ठूलो उपलब्धि नेपालबाटै एक सय ८ किलोको रुद्राक्ष बोकेर अस्वस्थ पत्नीको स्वास्थ्यलाभका लागि पुजाअर्चना गर्न सफल भएका छन् ।

यसलाई कतिपयले मोदीको धर्ममोहसँग खेल्न खोजेको अर्थमा बुझेका छन् । अमेरिकी प्रतिवेदनले भारत पैसा बाँडेरै नेपालमा हिन्दुराज्यलाद्न खोजिरहेको छ भन्ने निष्कर्ष निकालेका बेला कम्युनिष्ट पार्टीका नेताको राजकिय भ्रमणमा पुजापाठको भक्तिले थप शंका गर्नुे ठाउँ दिएको हो ।