काठमाडौँ — चिनियाँ राष्ट्रपति सी जिनपिङले देशका वरिष्ठ सुरक्षा अधिकारीहरुलाई खराब अवस्थाका लागि तयार रहन निर्देशन दिएका छन् । सुरक्षा चुनौतीको आँधी आउनसक्ने भन्दै सीले खराब भन्दा खराब अवस्थाका लागि तयार रहन निर्देशन दिएका हुन् । २०२२ को शुरुआतसँगै विश्व भू–राजनीतिक मानचित्रमा कसको पल्लाभारी होला भनेर विभिन्न अड्कलबाजी शुरु भएको छ । सन् २००८ को वित्तीय संकटपछि विश्व राजनीति निकै चमत्कारिक ढंगबाट अगाडि बढिरहेको छ र यसलाई कोभिड–१९ ले थप बल पु¥याएको छ । १९८० को दशकमा शुरु भएको विश्वव्यापीकरण र यसले निर्माण गरेको अमेरिकी एकल विश्व–व्यवस्थामा क्रमिक धाँजा फाट्दै विस्तारै दुई वा बहुध्रुवतिर विश्वको यात्रा जारी छ ।
एक्काइसौं शताब्दीको प्रविष्टिसँगै चीनले प्राप्त गरिरहेको तीव्र आर्थिक र सैन्य विकासले विश्वको शक्ति सन्तुलन खल्बलिएको मात्र छैन, त्यो हस्तान्तरणको दिशातर्फ बेगवान गतिमा अगाडि बढेको छनक मिल्दैछ। खासखास समयमा आउने यस्ता वैश्विक संकटहरू विशिष्ट महत्व बोकेर आउने गर्छन् । तर ती महत्वहरूले समान प्रकारको उपलब्धि वा क्षति होइन कसैको लागि अवसर निम्त्याउँछन् भने कसैको लागि विनाश । प्रथम विश्वयुद्धले अमेरिकी साम्राज्यको बलियो जग बसाल्यो भने दोस्रो विश्वयुद्धले त्यसलाई अरु संस्थागत गर्दै सोभियत संघलाई समाजवादी शक्तिको रूपमा स्थापित ग¥यो ।
सन् १९५६ को सुयज नहर संकटले बेलायती साम्राज्यको ताजलाई सदाका लागि खोसिदिए जस्तै कोरोना भाइरसले जारी विश्व व्यवस्थामा क्रमभङ्ग गर्दै अमेरिकी एकल प्रभुत्वको अन्त्य गर्ने दृश्यावलीहरू सतहमा देखिंदैछन् । चीन सधै शक्तिका रुपमा उभिएको छ । पछिल्लो समय चीनले युद्धमा होमिन्ने संकेत गरेको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङले देशका वरिष्ठ सुरक्षा अधिकारीहरुलाई खराब अवस्थाका लागि तयार रहन निर्देशन समेत दिएको छ ।
सुरक्षा चुनौतीको आँधी आउनसक्ने भन्दै सीले खराब भन्दा खराब अवस्थाका लागि तयार रहन निर्देशन दिए । कस्तो खालको सुरक्षा चुनौती हो भन्ने नखुलाए पछि उनले आन्तरिक र बाह्य दुबैखाले चुनौतिका लागि तयार रहन राष्ट्रपति सि ले जानकारी दिए । राष्ट्रिय सुरक्षा आयोगलाई सम्बोधन गर्ने क्रममा सी ले देशले राष्ट्रिय सुरक्षामा सामना गरिरहेको चुनौतिहरु जटिल बनेको बताएको छ । खराब भन्दा खराब अवस्थाका लागि तयार बनेर सुरक्षा चुनौतीको आँधीको सामना गर्नुपर्ने अवस्था आउनसक्ने उनले संकेत गरेको छ । चीनले द्रुत गतिमा आफ्नो सशस्त्र सैन्य शक्तिलाई मजबुत पारिरहेको छ ।
अमेरिकाबाहेक विश्वको अन्य देशभन्दा बढी अहिले चीनले रक्षा खर्चमा गरिरहेको । सी जिनपिङको नेतृत्वमा चीन कूटनीतिक रूपमा थप आक्रामक देखिएको छ । उसले विवादित भूमि कब्जा गर्ने आफ्नो चाहना दर्साउन र आफ्नो दाबीलाई मलजल पु¥याउन आफ्नो सैन्य शक्ति प्रदर्शन पनि गरिरहेको छ । छिमेकी देशहरु तथा अमेरिकाले यी गतिविधिहरूलाई नजिकबाट नियालेको छ । दक्षिण चीन सागरमा सम्भावित चीन–अमेरिका द्वन्द्वबारे आवाज त्यसै चर्को हुँदै गएको होइन यस पछाडिको कारण अमेरिकाले अब चीनलाई बराबर रूपमा हेर्छ भन्ने संकेत पनि हो ।
प्रतिक्रिया