Breaking

प्रचण्डले भारतमा के–के गरे ? भारतमा नेपाली मन्त्रीको लज्जित प्रस्तुति, आउलान् मोदी नेपाल ?


काठमाडौँ — भारतीय प्रधानमन्त्री मोदीको निमन्त्रणामा चार दिने भ्रमणमा भारत पुगेका प्रधानमन्त्री प्रचण्ड बिहीबार निक्कै व्यस्त रहे । बिहानदेखि नै औपचारिक भेटघाटमा व्यस्त रहेका प्रचण्डले मोदीसहित राष्ट्रपति र उपराष्ट्रपतिसँग पनि शिष्टाचार भेटवार्ता गर्न भ्याए । बुधबारदेखि चार दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको बिहीबार कार्यव्यस्तता निक्कै व्यस्त रह्यो । बिहान साढे १० बजे महात्मा गान्धीको समाधिस्थल राजघाट पुगेर पुष्पगुच्छा अर्पण गरेर सुरु भएको प्रचण्डको औपचारिक कार्यक्रमले साँझसम्म नै निरन्तरता पायो ।

राजकीय भ्रमणमा रहेका प्रचण्डले बिहीबार निक्कै महत्वपूर्ण भेटवार्ता गर्न भ्याए । उनले दिल्लीस्थित हैदरावाद भवनमा भारतीय समकक्षी नरेन्द्र मोदीसँग झण्डै एक घण्टासम्म वान टू वान भेटवार्ता गरेका थिए । निर्धारित समयभन्दा केही बढी समय छलफल गरेकै कारण द्विपक्षीय भेटवार्ता केही अबेर गरि सञ्चालन भएको थियो । लगत्तै प्रतिनिधिमण्डल स्तरमा भेटवार्ता गरेका उनले नेपाल र भारतबीच ७ सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सोही क्रममा संयुक्त पत्रकार सम्मेलन आयोजना गर्दै सम्बोधन गरेका प्रचण्डले समकक्षी मोदीलाई नेपाल भ्रमणको निम्तो पनि दिएका छन् ।

द्विपक्षीय भेटवार्तामा भारतीय टोलीहरु टिपोट गर्नका लागि तयारी अवस्थामा देखिदा नेपाली प्रतिनिधि टोली भने सदा झै खाली हात नै उपस्थित भएको थिए । संयुक्त पत्रकार सम्मेलनपछि भारतीय प्रधानमन्त्री मोदीले आयोजना गरेको दिवाभोजमा प्रधानमन्त्री प्रचण्डसहितको नेपाली प्रतिनिधिमण्डल सहभागी भएका थिए । प्रधानमन्त्री प्रचण्डले भारतीय राष्ट्रपति द्रौपदी मुर्मू र उपराष्ट्रपति जगदीप धनखडसँग पनि आज नै भेटवार्तागरे । उपराष्ट्रपतिसँग अपराह्न ४ बजे र राष्ट्रपतिसँग साढे ४ बजे भेटेका थिए ।

त्यसपछि नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र भारतीय उद्योग परिसंघ (सीआईआई) ले संयुक्तरुपमा आयोजना गरेको नेपाल–भारत व्यापार शिखर सम्मेलनलाई प्रधानमन्त्री प्रचण्डले होटेल मौर्यमा सम्बोधन गर्नुका साथै दुवै देशका व्यापारीसँग अन्तरक्रिया गरेका थिए । उच्च महत्वाकांक्षाका साथ ऐतिहारिक रेकर्ड राख्ने भनेर भारत हानिएका प्रचण्डले बुधबार भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजीत डोभाल र भारतीय विदेश मन्त्रालयका सचिव विनयमोहन क्वात्रासँग भेटघाट गरेका थिए । यसैगरी भारतका लागि नेपाली राजदूत शंकर प्रसाद शर्माले आयोजना गरेको स्वागत समारोहमा भारतमा रहेका नेपाली समुदायसँग पनि प्रचण्डले भेटघाट गरेका थिए ।