काठमाडौँ -काठमाडौँ नयाँ बजारको एक निजी स्कुलमा अध्ययनरत १३ वर्षीय बालक झुन्डिएको अवस्थामा फेला परेका छन् ।
प्रहरीका अनुसार नयाँ बजारको इलिफ्स स्कुलमा कक्षा ५ मा अध्ययनरत अभिषेक तामाङ सोही विद्यालयको होस्टलमा झुन्डिएको अवस्थामा फेला परेका हुन् ।
घटना राति १ बजे घटेको र झुन्डिएको अवस्थामा बच्च भेटिएको भन्ने खबर आफूहरूलाई आएको काठमाडौं प्रहरी प्रवक्ता सिताराम रिजालले बताए ।
परिवारका सदस्यले भने आफूहरू घटनास्थल नपुग्दै विद्यालय प्रशासनले हतार हतार शव पोस्टमार्टमका लागि अस्पताल लगेको आरोप लगाएको छ ।
अहिले उनका आफन्तहरूले विरोध प्रदर्शन गरिरहेका छन् ।
हिजो विद्यालयमा शिक्षकहरूले लागी गरेको, सजाय दिएको आरोप पनि आफन्तको छ ।
उनका बुवा छैनन् आमा साइप्रसमा काम गर्दै आएकी छन् । उनका दुई दिदीहरू छन् ।
प्रतिक्रिया