Breaking

कम्फरटेवल सरकार चलाँउदै प्रचण्ड ! देउवा – ओली निरिह,सरकार र परराष्ट्र मामलामा सन्तुलनको रणनिति


काठमाडौँ — पहिलो चोटि प्रधानमन्त्री हुदाँ भारत छोडेर चीन रोजेपछि सत्ता संकट आएको बुझेका पुष्पकमल दाहाल प्रचण्ड यो पटकको कार्यकालको पहिलो विदेश भ्रमण भारतबाट गर्दै छन् । देशमै पनि प्रतिपक्षी लाईनमा आउँदा दवाव दिने कांग्रेस पनि साईजमा आएको छ । रेशम चौधरी छुटाएर अंगगणित पनि दह्रो बनाएका उनी अहिले सत्ता सजहतातर्फ अघि बढेका छन । आफू अनुकुल समिकरण नभएको भन्दै दुई महिनामा दुई गठबन्धन बनाएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दोश्रो पटकको विश्वासको मत लिदा पनि सरकारको आयूमा शंका थियो । एकातर्फ केहि गडवढ भए प्रधानमन्त्री बन्ने सुविधामा रहेका शेरबहादुर देउवासंग गठजोड त्यसमा पनि विचार नै नमिल्ने सहयात्री बनाएका उनीसंग ११ दल मिलाउने चुनौती थियो ।

अर्कातर्फ आगो ओकल्ने एमाले जस्तो प्रमुख प्रतिपक्षी पाएका उनलाई केपी ओलीको विश्वासको मत लिँदैमा कार्यकाल जाने भविष्यवाणि अस्वभाविक लागेको थिएन । फतल ः प्रत्येक सार्वजनिक अभिव्यक्तिमा गठबन्धनको आयू र सरकारको भविष्यबारे वोलेका प्रचण्डलाई विचमा रास्वपाले पनि साथ छोडेपछि विपक्षी आवाज अझ चर्को बन्यो । उपनिर्वाचनमा गठबन्धनभित्रैका दलभित्र देखिएको प्रतिपस्र्धा कांग्रेसमा चर्किएको गुट द्धन्द्ध अर्को टाउको दुखाई बन्दा सकारकार विस्तारमा पनि सकस परिरहेको थियो । फलत ः ११ औ पटकमा मात्र सरकार लाई पूर्णता दिन सफल भएका उनलाई प्रधानन्यायधीस नियुक्तिको विषय र संसदीय दल गठनको अर्को सकस देखा पर्यो ।

पार्टीभित्रैबाट समेत साथ नपाएका र चौतर्फी घेराबन्दीमा परेका उनलाई बार एसोसियसनले प्रधानन्यायधीस नियुक्तिका लागि अल्टिमेटम नै दिएको थियो भने यहि विचमा मिटरव्याज पिडित समेत सडकमा थिए । जहाँ राष्ट्रिय सहमतीको सरकार बनाएर आराको सरकार चलाउने प्रयासकै कारण कांग्रेसको छत्रछायामा पुगेका उनलाई एमालेले एक एक कदममा प्रहार मात्रै गरेन वैकल्पिक समिकरणका चर्चा समेत यो विचमा चले । जसमा रास्वपाले समर्थन फिर्ता लिएको विषयले अझ मलजल गरेको थियो । तर चुनौतीका चाङलाई एकपछि अर्को गर्दै व्यवस्थापन गर्दै आएका प्रचण्ड अहिले सहज सत्ताको ठाँउमा पुगेका छन ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा आरोपीहरु पक्राउ पर्न थालेपछि वाहवाहि कमाएको सरकारले यसैमा सत्ता फाईदा समेत प्राप्त गरेको हो । जसले ओलीलाई वालुवाटार जान बाध्य बनाएपछि अड्किएको विषयमा समेत सहमति बन्यो । वालकृष्ण खाँण पक्राउ पर्दा त्यसको लहरो आरजु राणासम्मै भएको हल्ला चल्दा देउवा पनि नरम बन्ने अवस्थामा पुगे । भिडने भन्दा मिल्ने रणनितिमा रहेका प्रचण्डलाई जलहरी काण्डमा संसदमा उठेको विषयलाई लिएर निति तथा कार्यक्रम र बजेटमा एमालेले असफल बनाउन खोजेपनि त्यसमा पनि प्रचण्ड नै सफल भएका छन । अहिले रेशम चौधरीलाई रिहा गरेर अंकगणितीय धरातल मजबुत पारेका उनले कुटनितिमा पनि सन्तुलनको निति अख्तियार गरेका छन ।

अर्थात वोहाओ सम्मेलनलाई छोडेर भारतकै निम्तोको पर्खाईमा रहेका उनी अहिले भारत भ्रमणमा पूर्वसन्ध्यानमा रहदाँ अग्नी सापकोटा चिनमा छन । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)को निमन्त्रणामा माओवादी केन्द्रका उपाध्यक्ष एवम् पूर्व सभामुख अग्नि सापकोटा सहित सचिवहरु गणेश शाह, हितमान शाक्य र डिलाराम आचार्य लगायत चीन जादा अध्ययन भ्रमण भनिएको यो उनीहरुको यो यात्रा र प्रचण्डको भारत यात्राको समयलाई संयोग मात्र भन्न सकिने अवस्था छैन । जसले देशमा एमाले कांग्रेस र बाहिर दुई छिमेकीविच सन्तुलनको राजनीति र कुटनिति प्रयोगको बाटोमा प्रचण्ड छन ।

हुन त दोहोरो रणनिति प्रचण्डको व्यक्तित्वनै भएको राजनीतिक विश्लेषकहरु बताउछन । यो पटक पनि शान्ति प्रकृयापछि निरन्तर द्वन्द्व चलिरहेका ओलीले नै उनको प्रधानमन्त्री हुने सपना पुरा गर्दिएका हुन । लगत्तै द्वन्द्वमा रहेकासँग स्वार्थले सहकार्य गराउन सक्ने विश्लेषणलाई चरितार्थ गर्दै जोखिमकै विच उनले देउवा रोजेका थिए । जुन एजेण्डाको गठबन्धन भएको लामो समय जाने उनको दावीका विच देउवा काम गर्न सहज भएको बुझाईमा समेत प्रचण्ड थिए । अहिले प्रचण्ड यसलाई प्रयोग गर्न धेरैहदसम्म सफल देखिएका हुन ।