Breaking

आर्थिक संकट, हावादारी बजेट, नारै नाराको बजेट, विकास खर्च भने कटौती


काठमाडौँ — सरकारले सोमबार आगामिआर्थिक वर्ष २०८०–८१ का लागि १७खर्ब ५१ अर्बको बजेट सार्वजनिक गर्यो । विभिन्न १९ वटा नाराले भरिएको बजेटले अर्थतन्त्रलाई चलायमानबनाउन सहयोग पुग्ने सत्ता साझेदार दलहरुको दाबी छ । तर, सरकार बाहिर रहेका राजनीतिकदलकाशीर्ष नेताहरुले भने सार्वजनिक भएको बजेटले मुलुकको आर्थिक समस्याको समाधान दिन नसक्ने तर्क गर्छन् । अर्थमन्त्री डा.प्रकाशशरण महतले सोमबार संघीय संसदको संयुक्त सदनमा १९ वटा नाराले भरिएको बजेट पेश गरेका छन् ।

जसमाभनिएको छ, उत्पादन साथमा, अनुदानहातमा, पोषण युक्त घाँसे वालीको विकास गरौं, अबको जीवन स्वदेशमा नै, नेपालघुमौं, नेपालचिनौं,आत्मनिर्भर अर्थतन्त्रको आधार, स्वदेशमै उत्पादन र रोजगारयी र यस्तै सुन्दर नाराले भरिएको बजेट सदनमाप्रस्तुतभएको छ । सरकारले आगामी आर्थिक वर्षको बजेटमा पूँजीगत खर्चको आकारमा व्यापक कटौती गरेको छ । कुल बजेटको आकार गतवर्षको तुलनामा ४२ अर्ब ५२ करोड मात्रै घट्दा पूँजीगत खर्चको विनियोजन भने ७८ अर्ब ३१ करोड रुपैयाँले घटाइएको छ ।

चालु आर्थिक वर्षमा १७खर्ब ९३ अर्ब रुपैयाँको बजेट ल्याएको सरकारले आगामी वर्षका लागि साढे २ प्रतिशतकम गरी १७ खर्ब ५१ अर्बमा झारेको छ । चालू आर्थिक वर्षमाकुल ३ खर्ब ८० अर्ब रुपैयाँपूँजीगतखर्च विनियोजन भएकोमा आगामी आर्थिक वर्षका लागि ३ खर्ब २ अर्ब रुपैयाँमा झारिएको छ । खर्च कटौतीको नारा दिएको सरकारले पूँजीगत खर्च चाहिँ निर्मम रुपमा कटाउनु बजेटको सबैभन्दा खराब पक्षरहेको अर्थविद् प्राडिल्लीराज खनाल बताउँछन् ।

चालु आर्थिक वर्ष पूँजीगत खर्चको विनियोजन नै घटाएर जम्मा १७ प्रतिशतमा झारिएको छ । विगत ६ वर्षको यथार्थ खर्चमा औसत २० प्रतिशत भन्दामाथि हिस्सा पूँजीगततर्फ हुन्थ्यो, यसरी १७ प्रतिशतमा झारिदिएपछि विकास प्रभावि तर सरकारले पूँजीगतखर्च नघटाएर चालू खर्चमा त्यसको भार पार्नु पर्ने मात्यसो नगरेको आर्थिक क्षेत्रका जानकारहरु बताउँछन
। नेकपाएमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले पर्याप्त स्रोतको व्यवस्थागर्न नसकेर विकास बजेट कटौती गर्नु पर्ने अवस्था आउनु राम्रो नभएको र यो बजेटले मुलुकको आर्थिक समस्याको समाधान दिन नसक्ने बताउनु भएको छ ।

राष्ट्रिय स्वतन्त्रपार्टीका सांसद तथा अर्थशास्त्रीडा.स्वर्णिम वाग्लेले बजेटको आकार बत्तियर, हौसियर ल्याएको भन्दै कार्यान्वय नहुने गुञ्जायसन भएको तर्क गरेका छन् । बजेटको आकार अविश्वसनीय भएको बताउनु भएको छ ।

आगामी आर्थिक वर्ष २०८०—८१ को बजेट मार्फत् सांसद विकास कोष ब्युँताएको घोषणा गरे पछि काठमाडौँ महानगर पालिकाका प्रमुखबालेन साहले प्रतिनिधिसभाका सांसद वडा ध्यक्षको हैसियतमा आइपुगेको टिप्पणी गरेका छन् । सामाजिक सञ्जालमा स्टाटस लेखेर बालेनले सांसदहरूलाई वडाध्यक्षकै कामगर्न मन भएकिन सांसद बन्नु हुन्छ भनेर प्रश्न समेत गरेका छन् । तर सांसद विकाष कोष ब्युँताएको बारे भईरहेको टिप्पणीमा अर्थमन्त्रीडा.प्रकशासरण महत यसरी खण्डन गर्छन् ।

राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा.महावीर पुनले बजेटमा अनुसन्धान तथा विकास, नव प्रवर्तन तथा आविष्कार कोषका लागि छुट्टाइएको बजेट आफूसँग भएको सम्झौता विपरीत भएको भन्दै असन्तुष्टि जनाएका छन् । आकार मात्रै होइन विवादास्पद कार्यक्रमको हिसाबले पनि यो बजेट आलोचनाबाट बाहिर रहन सकेन ।