विदेश

चीनले आफ्नो पहिलो मानव नागरिक अन्तरिक्ष यानमा पठायो, रूस र अमेरिकासँग प्रतिस्पर्धा गर्दै


काठमाडौँ — चीनले आफ्नो पहिलो मानव नागरिक अन्तरिक्ष यान अन्तरिक्षमा पठाएको छ । स्थानीय समयअनुसार मंगलबार बिहान ९ः३१ मा सेन्जो–१६ यानले पृथ्वी छाडेको हो । चीनको जिउक्वान भू–उपग्रह प्रक्षेपण केन्द्रमार्फत् आफ्नो स्थायी अन्तरिक्ष स्टेसन तियानगोङमा पठाएको हो । रुस र अमेरिकापछि चीन अन्तरिक्षमा स्टेसन र अन्तरिक्षयात्री राख्ने तेस्रो देश हो । सन् २०३१ पछि निष्क्रिय बनाइने अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन आईएसएसलाई तियानगङ्ले प्रतिस्थापन गर्ने चीनको अपेक्षा छ ।

आईएसएसमा चिनियाँ अन्तरिक्ष यात्री जान पाउँदैनन् किनभने अमेरिकी कानुनले नासालाई चीनसँग तथ्याङ्क बाँड्न प्रतिबन्ध लगाएको छ । यस पटक भने चीनले आफ्नो पहिलो मानव नागरिक अन्तरिक्ष यान अन्तरिक्षमा पठाएको छ । स्थानीय समयअनुसार मंगलबार बिहान ९ः३१ मा सेन्जो १६ यानले पृथ्वी छाडेको छ ।

चीनको जिउक्वान भू–उपग्रह प्रक्षेपण केन्द्रमार्फत् आफ्नो स्थायी अन्तरिक्ष स्टेसन तियानगोङमा पठाएको हो । उक्त यानमा तीन सदस्यीय प्रतिनिधि मण्डल छन । अनुभवी कमाण्डर जिङ हाइपेङले नेतृत्व गरेको टोलीमा गुई हाईचाओ र झु याङझु रहेका छन । विमान उडेको १९ मिनेटपछि चीनले प्रक्षेपण सफल भएको घोषणा गरेको छ । चीनले सन् २०३० सम्म चन्द्रमामा अन्तरिक्ष यात्री पठाउन थाल्ने योजना बनाएको छ ।

चीनले रूस र अमेरिकासँग प्रतिस्पर्धा गर्नेगरी चन्द्रमाको अन्वेषणमा अर्बौँ लगानी गरिरहेको छ । चीनले चन्द्रमामा मानव बस्ती बसाल्नका लागि आधार निर्माण गर्ने योजना पनि बनाइरहेको छ । त्यहाँको राष्ट्रिय अन्तरिक्ष प्रशासनले सन् २०२९ सम्ममा मानवयुक्त चन्द्रयान प्रक्षेपण गर्ने लक्ष्य राखेको छ । गघिल्लो वर्ष चीनले विकास गरेको पुनः प्रयोग गर्न सकिने अन्तरिक्ष यान दुई दिनसम्म अन्तरिक्ष कक्षमा रहेरसफलतापूर्वक पृथ्वीमा अवतरण गरेको थियो ।

अन्तरिक्ष यात्रालाई सस्तो बनाउने सन्दर्भमा त्यो एउटा महत्वपूर्ण पाइला भएको चीन सरकारले घोषणा समेत गरेको थियो । गत वर्ष चीनले चन्द्रमाको सबैभन्दा टाढाको स्थानमा रोभर रोबोट अवतरण गराएको थियो । संयुक्तराज्य अमेरिका र रसिया दुई मुलुकले मात्र हालसम्म पुनः प्रयोग योग्य अन्तरिक्ष यान निर्माण गर्ने सफलता प्राप्त गरेका थिए तर यसमा चीनले पनि सफलता प्राप्त गरेको हो ।