Breaking

भ्रष्टाचारले डामिए शीर्ष नेता,रास्वपा भन्छ, मिलेर खाए, स्वकीयको बचाउ गर्दै कड्किए ओली


काठमाडौँ — प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान गर्दै गर्दा कुनै पनि निकाय चोखा देखिएका छैनन् । प्रहरीदेखि प्रमुख राजनीतिक दलका शीर्ष नेतृत्व, सिंहदरबार, बालुवाटार, अख्तियार भएभरका उच्च निकायमा कार्यरतहरु यो प्रकरणमा मुछिएका छन् । नेपालमा सुशासनको एजेण्डा उठार स्थापित राजनीतिक नेतृत्वदेखिकर्मचारीसम्म नै भ्रष्टाचारमा लिप्त रहेको पुष्टि नक्कली भुटानी शरणार्थी प्रकरणले गरेको छ । प्रहरीले एउटै प्रकरणको अनुसन्धान गर्दा शीर्ष नेताहरुकै नाम सार्वजनिक हुँदा उनीहरुसहित दलहरुलेसमेत बदनामी कमाइरहेका छन् ।

प्रहरीदेखि राजनीतिक नेतृत्व, सिंहदरबार, बालुवाटार, अख्तियार भएभरका उच्च निकायका उच्च पदस्थ व्यक्तिहरु भ्रष्टाचार काण्डमा मुछिँदा देशको छबीमा नै धुमिल हुन पुगेको छ । राष्टय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भने झै सदन देखि सडकसम्म भ्रष्टाचारको गन्धले डुङ्डुङ्ती गन्हाएको छ । गृह मन्त्रालयकै गाडी प्रयोग गरेर गृहमै पैसाको भागबण्डा हुँदा सुशासनको पाठ्यक्रम तयार हुने थलो नै बदनाम छ । प्रधानमन्त्री कार्यालयमा नै अनियमितता हुँदा जनताका लागि काम गर्ने प्रधानमन्त्री बालुवाटार आफै पनि दुर्गन्धित छ । बालुवाटारको ताल्चा साँचो लिएर बसेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भने यति सब हुँदा पनि लोक रिझाई गर्न भने छोडेका छैनन् ।

सदनमा अहिले एउटा अनियमितताको कुरा उठाउँदा नाटक मञ्चन भइरहेको छ । कथा–पटकथामा पात्रहरु थपिँदै जाँदा एकले अर्कालाई भ्रष्टाचारी देख्न थालेका छन् । उनीहरुबीच एकले अर्कालाई नै नंग्याउने खेल सुरु भएको छ । क्याण्टोमेनको भ्रष्टाचारदेखि आस्थाको केन्द्र पशुपतिनाथ मन्दिरमा जलहारी राख्दा भएको अनियमितताबारे कुरा उठाउँदै हिलो छ्यापाछ्याप गरिरहेका छन् ।

नेकपा एमालेलाई सबैले खेदेको भन्दै आक्रोशित पार्टी अध्यक्ष केपी शर्मा ओली आफू र पार्टीलाई आरोप लगाउने सबै देश द्रोही भएको तर्क गर्छन् । शरणार्थी प्रकरणमा नै पनि नाम बदनाम गराउन आफ्ना निकट मान्छेलाई जबरजस्ती पोल्न खोजेको भन्दै आफू दूधले नुहाएको सावित गर्न खोजिरहेका छन् ।

नक्कली शरणार्थी प्रकरणले सबैलाई डाम्दा कांग्रेसको सांसद सदनमा हराउँछन् । सभापति शेरबहादुर देउवा पत्नी आरजू देउवाको नाम आउँछ पछि फरि दवाव–प्रभावमा नै परि फिर्ता भएको चर्चा हुन्छ । हात्तिको देखाउने र खाने दुइटा दाँत हुन्छ भने झै भित्र र बाहिर छुट्टाछुट्टै खेल चलिरहेको छ । भ्रष्टाचारमा मुछिएका राजनीतिक दलहरु आफ्नो सुरक्षा खोजिरहेका छन् ।

प्रचण्डले सदनको रोष्टममा नै उभिएर क्याण्टोमेनमा दोषी भए सजया भोग्न तयार भएको भनिरहँदा उनी नै सरकारमा हुँदा उच्च स्तरीय छानविन समिति बनाउन पटक पटक आवाज उठे पनि त्यसमा भने कुनै तदारुपता देखाएका छैनन् । ओली पनि पशुपतिको जलहारी साथै सबै भ्रष्टाचार छानविन गर्न तयार छ । सत्ता र प्रतिपक्षी दुवै समिति नै बनाएर छानविन गर्न तयार छन्, तर पनि यिनीहरुलाई अहिलेसम्म केले रोकेको छ । प्रचण्ड गर्छु मात्रै भन्ने अनि ओली, देउवा पनि गरौं भन्ने तर, गर्नु पर्ने यिनीहरु नै काले काले मिलेर भाले खाने दाउँमा छन् ।