Breaking

प्रधानमन्त्रीले भारतलाई संसदमा राखेको नक्सा सच्याउ भन्नुपर्छ: अध्यक्ष ओली


काठमाडौँ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतको संसदमा कुँदिएको नक्सामा नेपालको भूमि समेटिएको भन्दै आपत्ति जनाएका छन् । उनले नेपालको भूमि आफ्नो नक्साभित्र राखेर संसदजस्तो ठाउँमा राख्ने कार्यलाई उचित मान्न नसकिने बताए । काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस विषयमा प्रधानमन्त्रीले आफ्नो भारत भ्रमणमा कुरा उठाउनुपर्ने बताए ।

‘प्रधानमन्त्रीजी भोलि भारत जाँदै हुनुहुन्छ । भारतलाई गल्ती सच्याउनुस् भन्नुपर्छ’ उनले भने, त्यति गर्न नसक्ने भए भारत भ्रमणमा किन जानेरु’ भारतले संसद भवनमा कुँदेको नक्सामा नेपालको लुम्बिनी र कपिलवस्तुलाई पनि समेटेपछि विवादित भएको छ उनले विश्वव्यापी रुपमा बलियाले हेप्नु न्यायोचित छ भनेजस्तो भएको टिप्पणी गरे ।